नेपालका ७४ वटा कारागारमा कूल कैदीबन्दीको संख्या २५ हजार ६७६

नेपालका ७४ वटा कारागारमा कूल कैदीबन्दीको संख्या २५ हजार ६७६

काठमाडौं ।

नेपालका ७४ वटा कारागारमा कूल कैदीबन्दीको संख्या २५ हजार ६७६ छ । जसमध्ये एक हजार दुई सय ८३ जना विदेशी नागरिक छन् । विदेशी नागरिक भने ३१ वटा कारागारमा राखिएका छन् ।
विदेशी कैदीबन्दीको संख्या अनुसार सबैभन्दा धेरै लागूऔषध कारोबारमा संलग्न देखिन्छन् । प्रहरी मुख्यालयका अनुसार कूल विदेशी कैदीबन्दीमध्ये एक हजार ४७ जना भारतीय नागरिक छन् । अधिकांश लागूऔषध ओसारपसार तथा बिक्रीवितरणमा संलग्न हुन् । भारतीयसँगै नेपाली कारागारमा भुटान, बंगलादेश, चीन, रोमानिया, जर्मन, पाकिस्तान, इटाली, अफ्रिका, नेदरल्याण्ड, नाइजेरिया, साइबेरियाका कैदी बन्दी छन् । यस्तै भियतनाम, जापान, अष्ट्रिया, फिलिपिन्स, मोजाम्बिक, अमेरिका, थाइल्याण्ड, पोल्याण्ड, ब्राजिल, क्यानडा, स्वीट्जरल्याण्ड, आइभोरीकोष्ट, तान्जेनिया, फ्रान्स, सेरालियोन, गिनिया, लाइबेरिया, गाम्बिया र इरानका रहेका छन् ।
प्रहरी केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार हाल कारागारमा रहेका भारतीय नागरिक सुन तस्करी, अपहरण, लागूऔषध कारोबार, चोरी, डकैती, जबर्जस्तीकरणी लगायतका अभियोगमा छन्। भियतनाम, फिलिपिन्स, नाइजेरिया, जापान, थाइल्याण्ड, पोल्याण्डका कैदीबन्दी भने लागूऔषध ओसारपसारमा अभियोगमा जेल परेका कैदीबन्दी हुन्। क्षेत्रीका अनुसार जर्मन, क्यानडा, नेदरल्याण्ड, फ्रान्स र बेलायती नागरिक भने बालयौन दुराचारको अभियोगमा जेलमा छन् । मुख्यालयका अनुसार भुटानी नागरिक भने अवैध रूपमा नेपाल प्रवेश गरेको, सुनचाँदी तस्करी, डकैतीलगायत अभियोगमा जेलमा छन् । यसैगरी आइभेरीकोष्ट र ब्राजिलका नागरिक भने लागूऔषध कोकिन तस्करीको अभियोगमा जेलमा छन्।

क्षेत्रीका अनुसार २०७५र७६ को अपराध आँकडा हेर्दा नेपालमा हुने गरेका अधिकांश अपराधमा विदेशी नागरिक संलग्न रहेको देखिन्छ। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, संगठित तथा आर्थिक अपराध ९जुवा, खोटाचलन, लागूऔषध, सरकारी छाप दस्तखत किर्ते, अपहरण, कालोबजारी, ठगी० र सामाजिक अपराध ९नागरिकता, कुटपिट अंगभंग, धर्म परिवर्तन, सार्वजनिक शान्तिविरुद्ध, केही सार्वजनिक अपराध० मा विदेशी नागरिकको संलग्नता देखिन्छ। महिला तथा बालबालिका सम्बन्धी अपराधमानव बेचबिखन, बहुविवाह, जबर्जस्तीकरणी, अप्राकृतिक मैथुन, सवारी ज्यान, बिष्फोटक पदार्थ, बैंकिङ कसुर र बालयौन दुर्व्यवहारमा विदेशी नागरिकको संलग्नता देखिन्छ।

प्रकाशित मिति : शनिबार, पुष २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij