JanataToday.com

Advertisment

SKIP THIS

सहकारीलाई उत्पादनसंग जोड्नका लागि सरकारले पनि कार्यक्रम बनाउनु पर्छ :प्रमुख सचेतक खाँण

सहकारीलाई उत्पादनसंग जोड्नका लागि सरकारले पनि कार्यक्रम बनाउनु पर्छ :प्रमुख सचेतक खाँण

जनता टुडे,बुटवल ।
धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाको आज बुटवलमा भएको २० औं साधारण सभा आज सम्पन्न भएको छ ।कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अहिले सरकारले सहकारीको मर्जलाई प्राथमिकता दिएपनि संगै नयाँ दर्ता पनि खुल्ला राख्दा परिपार्टी नमिलेकाले सदनमा कुरा उठाउने आश्वासन दिनुभएको छ । ‘सरकारले सहकारी मर्जलाई प्राथमिकता दिएको छ ।’ उहाँले भन्नुभयो–‘संख्या धेरै भएको हो भने मर्ज गर्नु ठिक छ, तर एकातिर मर्ज गर्दै जाने अर्कोतिर नयाँ दर्ता पनि गर्दै जाने हो भने संख्या घटाउन सकिँदैन ।’ सरकारको काम गराईमा त्यति तालमेल मिलेको देखिएको छैन, हामीले सदनमा कुरा पनि उठाउँला, उहाँले भन्नुभयो । पूर्वमन्त्री समेत रहनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले सहकारीलाई उत्पादनसंग जोड्नकालागि सरकारले पनि कार्यक्रम बनाउनु पर्ने बताउँदै उहाँले स्वयम सहकारीहरुले पनि कृषि उत्पादनमा सहकारीले लगानी गर्नुपर्ने भनाई राख्नुभयो । सहकारीले कृषि कर्मकालागि किसानलाई अभिप्रेरित गर्ने र किसानले उत्पादन गरेको उपज सहकारीका शेयर सदस्यहरुले उपयोग गर्ने रणनीति अवलम्बन गर्न उहाँले सुझाव दिनुभयो ।


उहाले सहकारीलाई स्वावलम्बन, रोजगारी र उत्पादनसंग जोड्नु पर्नेमा जोड दिनुभएको छ । उहाँले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै उत्पादनशिल क्षेत्रमा लगानी गर्दा पनि स्वाबलम्बन तथा रोजगारीलाई समेत जोडेर हेर्नुपर्ने बताउनु भयो । साधारण सभाले संस्था मर्जरमा जानु पर्ने भएमा आवश्यकता अनुसार व्यबस्था मिलाउनकालागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै सुत्केरी पौष्टिक आहार वितरण कार्यक्रम लागु गर्ने प्रस्ताव पारित भएको छ । जसमा महिला शेयर सदस्य सुत्केरी भएमा एक किलो हर्लिक्स र एक क्यारेट अण्डा अथवा सोही अनुपातमा घ्यु, मह र फलफूलको व्यबस्था गरिने छ ।

Image may contain: 6 people, people smiling, people standing and suit
संस्थाले गत आर्थिक वर्षमा आर्जन गरेको नाफाको १०।९८ प्रतिशत ९२१ लाख ३९ हजार ६७९ रुपैंया० लाभांस वितरण गर्ने प्रस्ताव पारित भएको छ । उक्त रकम शेयरमा जम्मा हुने संस्थाका अध्यक्ष गोबिन्द खनालले जानकारी गराउनु भयो । त्यस्तै संस्थाका शेयर सदस्यहरुको प्राथमिकत आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरि उत्पादनशिल र आयमुलक क्षेत्रमा सदस्यहरु माझ लगानी बढाउने, कृषि पेशामा आवद्ध सदस्यहरुलाई समयानुकुल उन्नत जातका बीउ बिजन तथा मलखाद उपलब्ध गराउने, व्यबसायिक खेती प्रणाली र सिचाई सम्बन्धि तालिम प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित भएको संस्थाका सचिव देवप्रसाद खनालले जानकारी गराउनु भयो । संस्थामा हाल १ हजार २०४ जना शेयर सदस्य रहेको र चालु आर्थिक वर्षमा १ हजार ६ सय पुर्याउने लक्ष्य लिईएको छ

Image may contain: 4 people, people on stage
साधारण सभामा संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार हरिप्रसाद पन्त, सल्लाहकार युवराज गिरी, टंकप्रसाद पराजुली, जिल्ला सहकारी संघका उपाध्यक्ष डोलप्रसाद अर्याल, उक्त सहकारीका सिस्टर सोशाईटी सैनामैनाका संयोजक गुरुप्रसाद पराजुली, सिस्टर सोशाईटी बुटवल ४ की संयोजक मीनादेवी घिमिरे, संस्थाका उपाध्यक्ष नारायण अधिकारी लगायतले भनाई राख्नुभएको थियो । त्यस अवसरमा संस्थाका शेयर सदस्यका सन्ततीबाट बिभिन्न शैक्षिक कार्यक्रममा उत्कृष्ट भएकालाई पुरस्कृत गरिएको थियो भने अवकास लिएका कर्मचारीलाई सम्मान गरिएको थियो ।

Image may contain: one or more people and indoor

प्रकाशित मिति : शनिबार, पुष २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij