आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहकाे जन्मजयन्ती, राष्ट्रिय एकता दिवस पनि मनाइँदै

आज राष्ट्र निर्माता पृथ्वीनारायण शाहकाे जन्मजयन्ती, राष्ट्रिय एकता दिवस पनि मनाइँदै

काठमाण्डौ
राष्ट्र निर्माता तथा एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
विसं १७७९ मा गोरखामा जन्मनु भएका पृथ्वीनारायणले बाइसे र चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गर्नु भएको थियो । सात महिनामा तन्त्रविधिबाट उहाँको जन्म भएको थियो ।
पृथ्वी नारायणले जीवनमा तीन वटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताउनु भयो । विसं १८०० मा नुवाकोटमा पहिलो पटक आक्रमण गर्दा उहाँ पराजित हुनु भएको थियो । उहाँ विसं १८०१ मा नुवाकोटमा विजयी हुनुभयो ।
यसैगरी कीर्तिपुरमा पनि उहाँ दुई पटक पराजित हुनु भएको थियो । विश्वमा विजयी भइ उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उहाँको नेतृत्वमा पराजित भएको थियो । अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले विसं १८१९ मा मकवानपुरमा पराजित गर्नु भएको थियो । यसपछि भारतमा उपनिवेश चलाइ रहेका अङ्ग्रेज पनि उहाँसँग डराएका थिए ।
शाहले ‘व्रतरत्न माला’ नामक कृति लेख्नु भएको थियो । यसैगरी उहाँका तीन कविता पनि प्रकाशित भएको सोडारीले सुनाउनु भयो । ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो ।
नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिनुभएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो । पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा अहिले कटौती गरिएको छ । तर यो अवसरमा फेरि बिदा दिइ देशभर उत्सव मनाइनु पर्ने माग हुन थालेको छ ।

प्रकाशित मिति : आइतबार, पुष २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij