अध्ययनलाइ ब्यवहारिक बनाउने अभियानमा निपेश


आइतवार, पुस २७, २०७६

अध्ययनलाइ ब्यवहारिक बनाउने अभियानमा निपेश

निपेशको अभियानमा तिलोत्तमामा शुन्य पोलेथिन अभियान जारी

जनता टुडे -सिकाई, गराई र भोगाईले व्यक्तिलाई सफलतातिर लम्काउँदै जान्छ । नयाँ नया कुराहरु सिक्दै अगाडी बढने क्रममा आइपर्ने चुनौतीलाई सामना गर्न सक्नु पर्छ । भनिन्छ  सकारात्मक सोच लिएर अगाडि बढ्यो भने पनि सपना साकार बनाउन सहज हुन्छ ।
यो संसारमा थोरै मात्र त्यस्ता ब्यक्ति हुन्छन जसले समाजमा सकारात्मक असर परेका छन । नाम उसैको आउछ जसले समाजमा उज्यालो छरेको छ र त्यस्ता कार्यहरुले भावी पुस्तालाइ समेत अनुकरणीय काम गर्न प्रेरणा प्रदान गर्छ । समाजमा त्यस्तै केही अनुकरणीय ब्यक्तिहरु पनि भेटिन्छन जो आफूलाई भन्दा अरुको बारे धेरै सोच्ने गर्दछन । जसले समाज परिवर्तनको लागी दिनरात लागिपरेका छन। जो समाज सेवा र देश बिकासको लागि काम गर्न पाउदा आनन्दित हुन्छन । त्यस्तै व्यक्ति मध्येका एक हुन निपेश ढाका । जो सानै देखि पढाइमा अब्बल थिए । आफनो कक्षामा उनी सधै प्रथम हुन्थे । गणित बिषय एक पटक हेरेपछि अर्को पटक अरुलाइ पढाउन सक्ने क्षमता उनमा थियो ।
२०३८ साल असोज २० गते कास्की जिल्लाको माछापुच्छे गाउँपालीका ६, अस्ताममा वावु शशि अधिकारी र आमा विष्णुमाया अधिकारीको कोख वाट जन्मीएका निपेश ढाका २०५५ सालवाट संगीतमा औपचारिक रुपमा लागे ।२०६३ सालमा त्रिभुवन विश्व विद्यालयवाट गणित विषयमा स्नाकोत्तर गरेका ढाकाले ३ बर्ष काठमाडौका विभिन्न स्कुल कलेजहरुमा अध्यापन गरे ।२०६३ सालमा आफनै संगीत र स्वरमा एल हस्पिटल गिति एल्वम लोकार्पण गरेका थिए उक्त गित पोखराका स्थानिय एफ एम हरुमा गुन्जीएको थियो ।२०६६ सालमा जर्मनिको टेक्नीकल युनिभर्सिटि अफ म्युनिखमा माटो, जल विज्ञान र जमिनको व्यवस्थापन विषयमा दासो स्नकोत्तरको लागी अध्ययनमा गएका उनि स्नकोत्तर पश्चात २०७० मा प्राकृतिक सोतहरुको संरक्षण र देशको लागी केहि चेतना मुलक काम गर्ने उदेश्य बोकेर नेपाल फर्कीए । उनै निपेसले हिमालय कल्स, रोदन, मिलानकोली जस्ता चेतना मुलक वृतचित्र निर्माण गरे ।
परोपकारी हातहरुर समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने ब्यक्ती सधै पवित्र हुन्छन आफ्नो लागि जो कोहिले पनि सोच्दछ तर समाज देशको लागि पनि सोचेर समाजको लागि केहि गर्छ भने त्यो महत्व पुर्ण हो सायद यसै कारणले होला उनले आफ्नो जर्मनीको बसाइ  छोडेर २०६९ मा नेपाल फर्किए अनि मानव सभ्यता ,सस्कृती पर्यावरण सम्बन्धी अनुसन्धानकानिम्ती नेपालका बिभिन्न देशको जिल्ला ५ बर्ष लगाएर अवलोकन र अनुसन्धानमा ब्यस्त भए अहिले उनि भने ग्रीनरी नेपाल मार्फत देशैभर पोलिथिन शुन्य बनाउने लक्ष्यका साथ काम गरिरहेका छन  ।
ग्रीनरी नेपाल देशैभर पोलिथिन शुन्य बनाउने लक्ष्यका साथ अगाडि बढेको सस्था हो । कुनै पनि काम गर्दा अथवा अभियान चलाउदा पुर्व योजना र भावि योजनाका बारेमा अनुसन्धान गरेर मात्र अगाडि बढ्नुपर्ने अवस्थामा तिलोत्तमालाई रोज्दा उत्कृष्ट होला भनेर तिलोत्तमा नगरपालिकाबाट यो अभियानको शुरुवात गरेको ग्रीनरी नेपालका अभियान्ता अर्थात वातावरणविद् निपेश ढाकाको भनाई छ । अहिले निपेश ढाकाको समय यहि अभियानमा बितिरहेको छ ।
उनलाइ केले तान्यो त यस्तो अभियानमा ।

कुरा २०४३ शालको हो जब उनि मात्र चार बर्षको थिए उनि दुर्घटनामा परे माइलो दाजुले खाना खुवाउने क्रममा ढिडो पकाउने क्रममा ढिडोको बानको पानि अचानक  पोखियो त्यहां उनि परे उनका दाजु डरायर उनलाइ उनलाइ त्यहि छोडेर हिडे, उनको सरिरको केहि अंस जलेको छ । दुर्घटनामा परेपछि पोखरा पुग्न ६ घण्टा लाग्थ्यो उनि सम्झन् छन, चार दाजुभाइ अरुपनि छन नेपथ्य बा कसैको आवाज सुन्छन उनलाइ लाग्छ सायद जिवनको अन्तिम क्षणमा छु उनलाइ जिवनको महत्व त्यति बेला थाहा भयो बाच्न मन त्यति बेला लायो ।जब सकारात्मक इख लिएर अगाडि बढ्यो भने अबस्य सफल भइन्छ रुचिको विषयलाई निखार ल्याउने भनेकै अनवरत संघर्षले हो । यसैको एउटा उदाहरण हुन निपेश ढाका , लगभग पाच महिना उनि बिरामी अबस्थामा थिय त्यस अबस्थाले पनी उनलाइ झन बलियो बनायो। उनिमा पनि त्यस्तै सकरात्मक इख पलाएको थियो समाजमा मैले केहि योगदान दिनुपर्छ भन्ने अठोट र त्यहि सकरात्मक सोचलेनै उनि आफ्नो लक्ष्यमा पुग्न सफल भएको बताउ छन ।

मिलानकोली र ३६५ गायकको परिकल्पना कसरी ?
निपेश ढाका हरियाली र स्वच्छ वातावरण अभियानमा निरन्तर लागि परेका छ न जर्मनीवाट वातावरण विज्ञानमा उच्च शिक्षा हासिल गरी नेपालमा फर्किएका युवा वातावरणविद् निपेश ढाकाको शव्द, संगीत तथा परिकल्पनामा नेपालका बिभिन्न जिल्लाका भौगोलिक, सामाजिक, जनसमुदाय तथा पर्यावरणीय अध्ययन र अनुसन्धानको आधारमा सिर्जना भएको हो। गीतमा राष्ट्रकवि घिमिरेदेखि नेपालका ख्याति प्राप्त गायकगायिका एवम् संगीतकर्मी कलाकारहरूको स्वर रहेको छ। जसमा ५ वर्षीय गायक लगायतको स्वर समावेश गरिएको छ। वातावरणसम्बन्धी चेतनामूलक मिलानकोली बोलको गीत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट २०७३ जेठ ०६ गते बिहीबार रेडियो नेपालको स्टुडियो सिंहदरबारमा एकै दिनमा रेकर्ड गरिएको थियो।

उनि भन्छन सुरुमा एउटा वृतचित्र बनाउछु वातावरण र नेपालको भौगोलिक बनोट देखि सबै कुराहरु जोडेर, मैले त्यो योजना बनाएर अगाडी बढ्दै थिए , त्यो बीचमा एउटा गीत राखौ न त २०,२५ जना कलाकारलाई राखेर भन्ने सोच आयो, त्यसपछि ५० जनाको गर्दै १०० जनाको नै गरौ भन्ने आट आयो,यसरी गर्दै जादा २०६ जनाको विभिन्न स्टुडियोमा गीत रेकर्ड भैसकेको थियो । त्यसपछि डकुमेन्ट्री पनि रेडी भयो त्यसपछि उत्सुकता जाग्यो भने यी २०६ जनाले एकै दिन गाएको भए त विश्व रेकर्ड हुने रहेछ । त्यसपछि सबै जनालाई एकै दिन बोलाएर थप लाई पनि बोलाएर १० घण्टा लगाएर २६ ओटा ग्रुप बनाएर हामीले रेकर्ड गरेका थियौ ।
वातावरण विषयमा अध्ययन अनुसन्धान गरिएको ८० मिनेटको डकुमेन्ट्रिको राष्ट्रपतिद्धारा विमोचन भईसकेको छ ।वातावरण संरक्षणको विषय उठान गरी तयार पारिएको गीतमा शब्द तथा संगीत निपेश ढाकाको रहेको छ। एउटै गीतमा ३ सय ६५ जना गायक गायिकाले स्वर दिएको पहिलो गीत भएको र अहिलेसम्म विश्वमा कतै पनि यो प्रयास नगरिएकाले यो गीत गिनिज बुक अफ द वल्र्डमा दर्ता गरिएको ढाकाले बताए।

यो क्रममा मुस्किल त एकदमै  भयो ,एउटा लाइफ लाई नै रिस्कमा राखेर काम गरेको हो, मनै त हो बिचलन भैहाल्छ, विभिन्न समस्याहरु आए सबै भन्दा ठुलो कुरा आर्थिक पक्ष हो म पनि एउटा मिडल क्लास को मान्छे हो, त्यसकारणले गर्दा कैले नाकाबन्दि का कुरा थिए कैले भुकम्पको अवरोध, कति रात त म सुत्ने सकिन , त्यो पिडा हरु आफैलाई हुन्थ्यो । यो अभियानलाई मुर्त रुप नदिईकन आफु उम्किने वाला थिईन, त्यसैले गर्दा मलाई धेरै पिडा भएको थियो, त्यसैले त्यो पिडा पिडामा रोदनमा मिलानकोलि अर्थ नै त्यै हो पिडा रोदन सन्नाटामा परिकल्पना भएको त्यो नै कृति हो । धेरैले के बुझ्नु भाको छ भने गिनिज बुकमा रेकर्ड भएको गीत, यो गीत मात्र हैन, यो एउटा अभियान हो सबैलाई चाइने अभियान हो ९० मिनेट को वृतचित्र सहित समेटिएको एउटा गीत हो जुन गीतले गिनिज वोर्ल्ड रेकर्ड गरेको हो । एउटा वृतचित्र छ त्यो संगै विभिन्न ठाउँहरु मा कृषि भुमिको कसरी उपभोग गर्ने जल जमिन र यिनीहरुको सम्बन्ध कसरी हुन्छ भन्ने विभिन्न चेतनामुलक कार्य पनि गरेका छौ । यो सबैको हितका लागि बनाइएको अभियान हो ।

 

ढाका मोहन अधिकारी अर्थात निपेश ढाका

वि सं २०५७ शालमा हिमचुली एफ एम भर्खर मात्र संचालनमा आएको थियो कार्यक्रम प्रस्तोताको रुपमा कार्यरत रहदा त्यो समयमा उनको मनमा एक नाम आयो निपेशअधिकारी त्यस पछि धेरै समय सम्म त्यहि नाममानै परिचित भए उनी जर्मनी बाट फर्किय पछि मात्र निपेस ढाका नाम राखेका हुन नागरिकतामा भने उनको नाम ढाका मोहन अधिकारी रहेको छ ।उनले नामको विषयमा भने केहि रोचक प्रसंग पनि सुनाए कतिले उनलाइ नाम त गल्ती भएछ भने केहि मिडियाले ढाका लाइ ढकाल  बनाइदिएको समेत बताए कसैले भने गल्ति भएछ भनी सच्चयाउन  पनि आग्रह गरे।
रुपन्देहीमा पहिलो अभियान कसरी ?
गिनिज बुक अफ द वल्र्डमा आफ्नो काम दर्ता भएपछि उनलाइ झन जिम्बेवारी थपिएको महसुस भयो उनले आफुले जानेको बुझेको ज्ञान बाडिरहेका छन ।नर्बे,बेल्जियम ,डेनमार्क प्रान्स , लगायतका देशहरुमा वृतचित्र प्रदर्शन भैसकेको छ । २०७५ पौष १७ गते म रुपन्देहीको बुटवलमा  वातावरण सम्बन्धि वृतचित्रको प्रर्दशन का लागी आएका हुन  ।रुपन्देहीका स्कुल हरुमा उनि वृतचित्रको प्रर्दशनका निम्ती पुगेका थिए उनी यहाका हरेक स्थानिय तहमा पुगे अवलोकन गरे त्यहि बेला उनले रुपन्देहिलाइ शुन्य पोलेथिन बनाउछु भन्ने सोच बनाए रुपन्देहिमा ८ स्कुल र सैनामैनामा १८ स्कुलमा उक्त अभियानको काम सुरुवात गरे । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई प्लाष्टिकमुक्त घोषणा पनि गरिएको थियो । तिलोत्तमा नगरपालिकालाई प्लाष्टिकमुक्त घोषणा भैसके पछि कुनै स्कुलबाट मैले २० बोरा प्लाष्टिक बोकेर नगरपालिका पुगे नगरपालिकामा मेयर संग भेटेर प्लाष्टिक शुन्य बनाउन सहकार्य गर्ने प्रस्ताब राखे नगरपालिकाको ब्यबस्थापन रहनेगरि सहमति भए अनुरुप यो अभियान सन्चालन भइरहेको छ  यहि अभियान अन्तर्गत सरसफाइ वडाको  बिभिन्न ठाउमा वृतचित्रको प्रर्दशन सचेतनाका कार्यक्रहरु समेत भइरहेको छ ।
प्रत्येक महिनाको १ र १५ गते नगरसरसफाई कार्यक्रम निरन्तर गर्दै आएको छ । सफा र हरियाली नगर छिटै नै घोषणा गर्ने काममा विगतदेखिनै नगरपालिकाले कसरत गरीरहेको छ । नगरपालिकाले ल्याएको अभियानलाई साथ दिन अहिले ग्रीनरी नेपाल तिलोत्तमामा  छ । बातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नकरात्मक प्रभाव पारिरहेको प्लाष्टिक लाई शुन्यतामा झार्ने प्रयासका साथ नगरपालिका र ग्रीनरी नेपाल तिलोत्तमाका बिभिन्न स्थानमा पुगेका छन् ।
प्लाष्टिक र पोलिथिन यी दुई फरक कुरा भएको वातावरणविद् निपेश ढाका बताउंछन् । तिलोत्तमालाई खुल्ला पोलिथिन शून्य नगर बनाउने अभियान अन्तर्गत वातावरणविद् निपेश ढाका नेतृत्वको सीम नेपालले संसारकै नमुना बिधि सास्कृतिक कार्यक्रम राममणि क्याम्पसमा ‘पोलिथिन साँझ’ आयोजना समेत गरेको थियो ।

निपेशका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई राष्ट्रियस्तरबाटै प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्न १५ हजार विद्यार्थीहरुलाई सहभागी गराएर सामूहिक कक्षा सञ्चालन गरिने छ । वातावरणसम्बन्धी आम मानिसमा चेतना फैलाउन आगामी माघ १० गते करिव एक घण्टासम्म चल्ने सामूहिक कक्षामा स्कुल तथा कलेजका विद्यार्थीहरुलाई विश्वको बढ्दो चिन्तन जलवायू परिवर्तन सम्बन्धी प्रशिक्षण दिइने छ । कार्यक्रममा पाँचहजार बुद्धिजीवीहरुलाई समेत सहभागी गराइने छ ।
रुपन्देही जिल्लाका हरेक स्कुलका विद्यार्थीहरु सहभागी हुने यो कार्यक्रममा उपस्थित विद्यार्थीले एक झोला प्लाष्टिकजन्य फोहर लिएर मात्र प्रवेश गर्नुपर्ने छ ।
उनका अनुसार यो कार्यक्रमले गिनिज वल्र्ड रेकर्डमा दर्ता भएर विश्वकिर्तीमान कायम रहने छ । यही कार्यक्रमबाट माघ १० गते तिलोत्तमा नगरपालिकालाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिने छ । वातावरणविद ढाकाको निर्देशनमा सम्पन्न हुने यो कार्यक्रमले अन्तराष्ट्रियस्तरमै चिनिने छ अनि यहाका मानिसलाइ तिलोत्तमाको भन्ने दायित्व बोध हुने उनको बिश्वास छ।

तिलोत्तमामा सरसफाइ गर्दै निपेश ढाका र बिद्यार्थी

परिवारको साथ
निपेश ढाकाले सानै देखि समाज सेवामा अत्यन्तै रुचि राख्दथे रक्तदान कार्यक्रम, सरसफाइ कार्यक्रममा पहिले देखि अग्रसर थिए सानो उमेर देखिनै समाजसेवा गर्न अत्यन्तै मन पराउदथे ,उनलाइ समाज सेवा गर्दा छुट्टै आननद मिल्ने बताउछन अहिले पनि त्यो रुचि उतिकै छ उनि मात्रै होइन श्रीमति लक्ष्मी चापागाइ , उनको यो यात्रामा उनकी धर्मपत्नी को  ठुलो योगदान छ । उनले  निपेशको यो अभियान सेवा र हरेक पाइलामा साथ दिइरहेकि छिन यो परिवारले चेपाङ बालबालिकाको शिक्षा र जिवनस्तर उकास्नको निम्ती निरन्तर लागिरहेका छन ।
उनले धादिङ धुसा गाउको डङवाङको चेपाङ बालबालिकालाइ खाद्यन्न ,स्टेस्नरी, एल इ डि टिभि, सोलार प्यानल लगायत बिभिन्न किसिमका सहयोग गरेका छन उनि उक्त बस्तीमा लगभग तिन चार महिनामा पुग्ने गर्दछन बालबालिका लाइ नुहाइदिने, कपाल काटिदिने गर्दा उनलाइ एकदमै खुसि लाग्छ पहिले उनलाइ देख्दा डराउने टाढा भाग्ने बालबच्चा अहिले भने काखमा आएर बस्दा अत्यन्त खुसि महसुस हुने उनले बताए । प्रत्येक पटक जादा उनिहरु  तिन चार दिन चेपाङ बालबालिका संग समय बिताउ छन बालबालिकालाइ नैतिकताका कुरा सिकाउछन । अहिले त्यहाका चेपाङ बालबालिका शिक्षित भएका छन ।उनि भन्छन बालबालीकालाइ सहरमा लगेर राख्ने पढाउने धेरैले गर्दछन  त्यसरि नभएर त्यहि स्थानमा राखेर त्यो समुदायका बालबालीकालाइ सामाजिक रुपान्तरण गरेर नमुनाको रुपमा बिकास गर्ने उनको चाहाना छ ।

प्रकाशित मिति : आइतवार, पुस २७, २०७६ , ३:४३ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology