JanataToday.com

Advertisment

SKIP THIS

कफी सुपर जोन गुल्मीको उद्यमशिलता तथा क्षमता अभिवृद्धि तालिम प्युठानमा सम्पन्न

कफी सुपर जोन गुल्मीको उद्यमशिलता तथा क्षमता अभिवृद्धि तालिम प्युठानमा सम्पन्न

 

गुल्मी,जनता टुडे -प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई कफी सुपर जोन गुल्मीको आ.व. २०७६/७७ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार प्युठानको झिमरुक गाउपालिका वडा नं. १ बालुवामा उद्यमशिलता तथा क्षमता अभिवृद्धि स्थलगत तालिम आज सम्पन्न भएको छ ।

झिमरुक गाउपालिका वडा नं.१ का वडाध्यक्ष ध्रुवराज पोख्रेलले परियोजना कार्यान्वयन इकाई कफी सुपर जोन गुल्मीले आफ्नो क्षेत्रमा पनि काम गरेकोमा खुसि ब्यक्त गर्दै यस्ता तालिमले कृषकहरुलाइ कफि खेति तर्फ आकर्षित तथा उत्प्रेरणा समेत मिल्ने साथै परियोजनाका कार्यक्रमहरु सन्चालनका लागि आफ्नो वडाकार्यालयले पनि सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

उक्त तालिममा ३० जना कफि उत्पादक कृषकहरुको सहभागिता रहेको थियो भने तालिमको सहजिकरण परियोजनाका ना.प्रा.स. नरेन्द्र सुनार र सामाजिक परिचालक प्रमोद अर्यालले गर्नु भएको थियो ।

पाल्पा, अर्घाखाची, प्युठान, स्याङ्जा र गुल्मी जिल्लाका कफि सुपर जोनका कार्यक्रम लागु भएका सबै स्थानिय तहहरुलाइ समावेस गरी जम्मा ३५ स्थानमा उद्यमशिलता तथा क्षमता अभिवृद्धि स्थलगत तालिम सन्चालन गर्ने वार्षिक लक्ष्य रहेको र हाल सम्म ३ वटा स्थानमा तालिम सन्चालन भइ सकेको र बाकि स्थानहरुमा क्रमश सन्चालन गरिने परियोजनाका निमित्त कार्यालय प्रमुख समिरसिँह बराई मगरले जानकारी दिनु भयो ।

प्रकाशित मिति : आइतबार, पुष २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij