अर्घाखाँची ।
प्रदेश न ५ नेपाली कांग्रेस सचेतक निर्मला क्षेत्रीले देशमा कृषि क्रान्ति गर्न सहकारी सस्था अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । एकल र निर्वाहमुखिबाट व्यबसायिक र सामुहिक कृषिको माध्यमबाट देशलाई समृद्ध बनाउनमा लाग्नुपर्ने उहाले बताउनुभयो ।

जागृति कृषि तथा पशु विकास महिला सहकारी सस्था शितगङा १० सिद्धाराको तेस्रो साधारण सभाको उद्घाटनमा सचेतक क्षेत्रीले दुरदराज देखि सुगम सम्मको आर्थिक समृद्धि को पहिलो आधार कृषि भएको र त्यसको लागि सहकारि अपरिहार्य भएको बताउनुभयो । कार्यक्रममा शितगङा नगर प्रमुख सुर्य अधिकारिले नगरले गर्ने कृषि र पशु का सबै काम सहकारी मार्फत गर्ने भएकोले सबैलाई सहकारीमा आबद्ध हुन आग्रह गर्नुभयो ।
महिलाहरु मेहनती र बिश्वास योग्य हुने भन्दै नगरले कृषि र पसु बिकास महिला सहकारीको प्रशम्सा गर्नुभयो । कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सदस्य माधब पौडेल , जनजागृती माबी का प्र अ रोमाखर बन्जाडे , इ पि सि डि सि का अध्यक्ष हरि खड्का , नगर सदस्य शान्ता अधिकारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम सरस्वता पोख्रेलको अध्यक्षता र दिपा भुसालको संचालनमा सम्पन्न भएको हो ।
प्रकाशित मिति : आइतबार, पुष २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्