भैरहवा ।
नेपालकै ठूलो चेन सुपरमार्केट भाट भटेनी सुपरमार्केटको १७ औं स्टोर रुपन्देहीको भैरहवामा शुभारम्भ भएको एक महिना भएको छ । गत मंसिर २६ गते शुभारम्भ भएको भैरहवा स्टोरले शुभारम्भको अवसरमा सबै सामानमा १० प्रतिशत छुटको व्यवस्था गरेको थियो भने इलेक्ट्रोनिक्स सामानहरुमा २० प्रतिशत छुटको व्यवस्था गरेको थियो ।
त्यसैगरी रु। ५९ प्रति के।जी।मा नेपाली चिनी उपलब्ध गराएको थियो । शुभारम्भको छोटो समयमा नै स्टोरले धेरै उपभोक्ताको सहभागिता र सकारात्मक प्रतिक्रियालाई मध्यनजर गर्दै उपलब्ध सो छुट सेवा केही समयको लागि कायमै राख्ने बताएको छ ।
व्यापारिक तथा नेपाल भारत सिमा क्षेत्र सिद्धार्थनगर–७ स्थित स्टोरमा शुभारम्भदेखिनै ग्राहकको उत्साहजनक सहभागिता रहँदै आएको र अपेक्षित कारोबार भएको स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताउनुभयो।
भैरहवामा अत्याधुनिक सुपर स्टोर सञ्चालनमा आएपछि भैरहवा, तिलोत्तमा,लुम्बिनी आसपासका उपभोक्ताहरुलाई सहज भएको छ । त्यसैगरी स्टोरमा आउने भारतीय उपभोक्ताको संख्या पनि अत्यधिक रहेको व्यवस्थापक भट्टराइले बताउनुभयो। स्टोरमा सुनौली, नौतनवा, गोरखपुर लगाएतका भारतीय क्षेत्रबाट समेत सपिङका लागि उपभोक्ता आउने गरेका छन् ।

प्रकाशित मिति : आइतबार, पुष २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्