प्रथम खिचडी महोत्सव २६४४सम्पन्न

प्रथम खिचडी महोत्सव २६४४सम्पन्न

रुपन्देही
युनाइटेड स्काइ क्लब शुद्धोधन २को आयोजनामा प्रथम खिचडी महोत्सव २६४४आज गोपालपुर हाटबजारमा सम्पन्न भएको छ।क्लबका अध्यक्ष सरोज खनालको अध्यक्षता,शुद्धोधन गाउपालिका अध्यक्ष किसुनचन्द चौधरीको प्रमुख आतिथ्यता , गाउपालिका उपाध्यक्ष शान्तादेवी ज्ञवाली, वडा २ का अध्यक्ष बिस्नु बस्यालको बिशिष्ट आतिथ्यता रहेको थियो।महोत्सबमा बोल्दै गाउपालिका अध्यक्ष चौधरीले माघी महोत्सव थारुको मात्र नभइ समग्र नेपालिको भएको बताए ।फरक प्रसङ्गमा बोल्दै अध्यक्ष चौधरीले माघ १गतेबाट ५ गते सम्म अमवामा हुने रुपन्देही मत्स्य कृषि तथा माघी महोत्सव २०७६ शुद्धोधन
गाउपालिका सङ्गै चार गाउपालिकाले आयोजना गरेको भन्दै सम्पुर्ण कृषकहरुलाइ आफ्ना कृषि उपज लिएर आउन आग्रह गरे।भाषा ,कला र सस्कृतिको संरक्षण स्थानिय प्रतिभाको प्रबर्द्धन भन्ने मुल नाराका साथ महोत्सव पहिलो पटक आयोजना गरिएको क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक सरोज खनालले जानकारी दिए।महोत्सवमा मुख्य आकर्षणको रुपमा थारुका विभिन्न परिकार,थारु सस्कृती झल्किने विभिन्न स्थानका सास्कृतिक प्रस्तुती र स्थानिय स्तरमा रहेका कलाकारहरुको विशेष सांगीतिक प्रस्तुति रहेको थियो भने कार्यक्रमको सञ्चालन दुर्गा प्रसाद थारु र करुना काफ्लेले गरेका थिए ।

प्रकाशित मिति : सोमबार, पुष २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij