काठमाडौँ
गजल गायक निशान भट्टराईको कार दुर्घटनामा मृत्यु भएको छ।हिजो राति बा १० च ३०४ नम्बरको कार काठमाडौँको तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । कार ठोक्किएर गम्भीर घाइते भएका भट्टराईको उपचारको क्रममा आज बिहान राष्ट्रिय ट्रमा सेण्टरमा मृत्यु प्रहरीले जनाएको छ।सुनसरीको धरान उपमहानगरपालिका १४ स्थायी घर भएका भट्टराई रेस्टुरेन्टमा गजल गायनमा सक्रिय थिए। उनी गायिका लोचन भट्टराईका भाइ हुन्।प्रहरीका अनुसार भट्टराई दरबारमार्गमा रहेको बानथाई रेस्टुरेण्टमा नियमित काम गरेर घर फर्कने क्रममा दुर्घटना भएको हो।
भट्टराईका श्रीमती, एक छोरा एक छोरी छन्।
प्रकाशित मिति : मंगलबार, पुष २९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्