सियारी गाउँपालिका अमुवामा ५ दिने रुपन्देही मत्स्य, कृषि तथा माघी महोत्सव २०७६ सुरु

सियारी गाउँपालिका अमुवामा ५ दिने रुपन्देही मत्स्य, कृषि तथा माघी महोत्सव २०७६ सुरु


बुटवल,
रुपन्देहीका ४ वटा गाउँपालिका, मत्स्य सुपर जोन, मत्स्य उत्पादक किसान संघ रुपन्देहीको आयोजानमा रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ७ अमुवामा ५ दिने रुपन्देही मत्स्य, कृषि तथा माघी महोत्सव २०७६ सुरु भएको छ ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय, शुद्ध मत्स्य नस्ल सुधार केन्द्र, सैनामैनान गरपालिका, देवदह नगरपालिका रुपन्देहीको सहयोगमा सुरु भएको महोत्सवको संघीय सरकार कृषि तथा पशु पंक्षि विकास मन्त्री घनश्याम भुषालले शुभारम्म गर्नुभयो ।
महत्स महोत्सवको शुभारम्भ गर्दै कृषि मन्त्री भुषालले कृषिको विकासका लागि कुनै पनि कसर बाँकी नराख्ने बताउनुभएको छ । महोत्सवमा बोल्दै कृषि मन्त्री भुषालले संघीय सरकार, स्थानिय निकाय र प्रदेश सरकारको प्रथमिकतामा कृषि क्षेत्र परेको भन्दै सोही अनुसारको तिनै वटा सरहर बाट लगानी भएको बताउनुभएको हो । उहाँले अहिले पनि विभिन्न समस्याहरु रहेको भन्दै कानुनमा धेरै कुरा परिर्वतन गरेर पनि व्यवहारिक रुपमा भने खास ठोस काम गर्न बाँकी रहेको बताउनुभयो ।
मन्त्री भुषालले संविधान मौलिक,हक अधिकारका विषयमा धेरै काम गर्न सफल भएको बताउभयो । उहाले खाद्य ऐन निर्माण गरिएको भन्दै हरेक नेपालीहरुलाई प्राप्त, गुणस्तरिय, खाद्यको अधिकार हुने छ भनेर संविधानमा उल्लेख गरिएको जानकारी दिनुभयो ।
संविधान निर्माण र सोही अनुासरको कानुन निर्माण गर्न सफल भएको भन्दै मन्त्री भुषालले आर्थिक रुपले समृद्ध हुनको लागि अवको योजना रहेको बताउनुभयो । उहाँले अवको अभियान नै आर्थिक विकासको अभियान भएको भन्दै विकासका काम छोटो समयमा नै धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो । विश्वमा नेपाल नमुना नेपालको रुपमा रहेको भन्दै उहाँले जात जाती, भाषा भाषी सबैको विशेष भुमिका रहेको बताउनुभयो । राजनीतिक समस्याको समाधान भएको भन्दै उहाले अवको अभियान भनेको आर्थिक विकास नै रहेको बताउनुभयो ।
मन्त्री भुषालले राजा र जनताको विचमा रहेको लामो समय देखिको अन्तरसंघर्ष अन्त्य भएको भन्दै राजनीतिक अस्थीरता सकिएको बताउनुभयो । उहाँले अव आर्थिक विकासको लागि तयार भएको बताउदै यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
मन्त्री भुषालले बेला बेलामा विभिन्न समयमा तोड्न, फुटाउनको लागि विभिन्न जाती जनजातीको विचमा अनेक प्रयन्त भएको भन्दै अव यसो कहिल्नै नहुने बताउनुभयो ।
मत्स्य व्यवसायी संघ रुपन्देहीका अध्यक्ष दिवाकर भुसाल भुषालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य तुलसी प्रसाद चौधरीको विशिष्ठ आतिथ्यता रहेको थियो ।
कार्यक्रममा खेमराज गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ का सचिव तेज बहादुर सुवेदी, मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिका प्रसाद अधिकारी, गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवट, सुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुन चन्द चौधरी, सियारी गाउँपालिका अध्यक्ष अयोध्या प्रसाद थारु लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम सञ्चालन अविराम विक गर्नुभएको हो

प्रकाशित मिति : बुधबार, माघ १ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij