बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ शुरु


बिहिबार, माघ २, २०७६

बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ शुरु

बुटवल ।
बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ शुरु भएको छ ।बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा एन्फा टेक्निकल सेन्टर देबिनगरमा रनिङ शिल्ड शुरु भएको हो । ५ गतेसम्म आयोजना हुने प्रतियोगिताको पहिलो दिन १५ सय मिटर दौडको छात्र तर्फको उपाधि कान्ति माविका सन्तोष घर्तीले हात पारेका छन । उनले दुरी ४ मिनेट ४८.३२ सेकण्डमा पूरा गर्दै प्रथम भएका हुन । यसैगरि कालिका मानव ज्ञानका दिपेन थापाले ५ मिनेट ००.३३ सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो भए । नवीन औधोगिक माविका हरि प्रसाद भुषाल ५ मिनेट ३८.१० मा दुरि पार गर्दै तेस्रो भएका छन । छात्रातर्फ कालिका अस्मी पल्ली प्रथम भईन । उनले दुरी ६ मिनेट ३४.४५ सेकेन्डमा पूरा गरिन । नबिनकी लक्ष्मी बलामीले ६ मिनेट ५३.२४ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो भईन। उजिरसिह माविकी सोनीसरा पुनले दुरी ७ मिनेट ०० ५४ सेकेन्डमा पूरा गर्दै तेस्रो भईन ।
त्यस्तैगरि ज्यावलिङ थ्रो तर्फ छात्रमा न्यु होराईजन माविका सरोज महत प्रथम भएका छन । उनले ३५.९५ मिटर थ्रो प्रहार गरेका थिए । कालिका मानव ज्ञानका सुभम मगर ३२.७५ मिटर थ्रो गर्दै दोस्रो भए । यसैगरि नेपाल एभरग्रिलका पारस घर्ती ३१.९५ मिटर थ्रो गर्दै तेस्रो भएका छन । छात्रातर्फ कालिका मानव ज्ञानकी ज्योती भण्डारीले १२.६० मिटर दुरी थ्रो गर्दै प्रथम भएकी छिन । नवीन औधोगिक माविकी सुशिला बिकले १२.३० मिटर थ्रो गर्दै दोस्रो तथा नहरपुर माविकी सिमा राना १०.९५ मिटर थ्रो गर्दै तेस्रो स्थान हासिल गरेकी छिन् ।
विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरि उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागिता पाउने आयोजक समितिका अध्यक्ष नन्द बहादुर काउचाले बताए ।
यसैगरि भलिबल, कबड्डी तथा मार्शल आर्टतर्फ कराते, तेक्वान्दो, उसु जिल्ला मार्फत छनौट खेल हुने छ । समितिका सदस्य उमेश थापाले एथ्लेटिक्सतर्फ १३ इभेन्टहरु हुने बताए ।
प्रतियोगितामा ४८ वटा ईभेन्टमा २ सय ५८ वटा पदकका लागि उनीहरुले भाग लिने छन् ।नगरभित्रका सामुदायिक र नीजि गरि २४ वटा विद्यालयका करीब ६ सय खेलाडीहरुको सहभागिता छ । प्रतियोगिता संचालन गर्न संघिय र स्थानिय सरकारबाट अनुदान वापत १(१ लाख रुपैया बजेट रहेको समितिका सदस्य सचिव कोपिला ज्ञवालीले बताइन् । सहभागि सबै बिद्यार्थीले शिल्ड,मेडल र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागि गराइने र त्यसपछि प्रदेशमा सहभागिता पाउनेछन् । खेलको उद्घाटन भने भोली गरिने छ ।

प्रकाशित मिति : बिहिबार, माघ २, २०७६ , ९:३९ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology