होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

होचा व्यक्ति खगेन्द्र थापामगरको निधन

कास्की
केही समय होचा व्यक्तिको विश्व कीर्तिमान राखेका खगेन्द्र थापामगरको निधन भएको छ । खगेन्द्रको आज दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको खगेन्द्र थापामगर प्रतिष्ठानका सदस्य दिनानाथ बरालले बताउनुभयो ।
स्वास्थ्यमा समस्या आएपछि थापालाई बिहीबार अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष आईसीयूमा भर्ना भएका थापा मगरको आज दिउँसो ३ बजे निधन भएको हो । थापामगरको निधन निमोनियाका कारण भएको चिकित्सकले बताएका छन् ।
५७ सेन्टिमिटर अर्थात् २२ दशमलव ४ इन्च उचाइ भएका थापामगरले २०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड्स’ मा नाम लेखाउन सफल हुनुभएको थियो ।
बाग्लुङ धुल्लुवासकोट६ का खगेन्द्र थापामगरलाई २०४९ साल असोज १८ गते जन्मिँदा छ सय ग्राम मात्र थियो भने अहिलेको तौल ५ दशमलव ५ किलोग्राम मात्र रहेको थियो

प्रकाशित मिति : शुक्रबार, माघ ३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij