रुपन्देहीमा दुई हजार घुस लिने अदालतका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा


शुक्रबार, माघ ३, २०७६

रुपन्देहीमा दुई हजार घुस लिने अदालतका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

जनता टुडे, बुटवल ।
दुई हजार घुस लिने रुपन्देही जिल्ला अदालतका नायब सब्बा वद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ अदालतको धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि उनीहरुले घुस लिएको खुलेकाले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
रुपन्देही जिल्ला अदालतमा कीर्ते मुद्दाको अनुसन्धानको क्रममा धरौटीमा राखेको रकम फिर्ता लिन गएका सेवाग्राहीलाई उनीहरुले बिभिन्न बहाना बनाई आलटाल गरी दुस्ख हैरानी दिएको र काम छिटो गरिदिने भनी २ हजार रुपैयाँ लिएको अख्तियारको भनाइ छ ।

प्रकाशित मिति : शुक्रबार, माघ ३, २०७६ , ८:२८ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology