सैनामैना/रुपन्देहीको सैनामैनामा ४ मुर्गिया स्थित रंगशालामा चलिरहेको सैनामैना महोत्सव आज देखि पुनः सुचारु भएको छ । वर्षाका करण शुक्रबार सबै कार्यक्रम स्थगित भएका थिए ।‘आर्थिक विकासका राष्ट्रिय आधार; कृषि, पर्यटन,उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ चौथो राष्ट्रिय सैनामैना कृषि,पर्यटन तथा औद्योगिक व्यापार महोत्सव २०७६ पौष २४ गते देखि माघ ६ गते सम्म संचालन भैरहको छ ।
आज शनिबार महोत्सव सुरु भए संगै कालिप्रसाद बास्कोटा, इन्दिरा गैरे लगाएत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति तथा संस्कृतिक कार्यक्रम रहने संघका महासचिव दिपक अधिकारीले जानकारी दिनु भयो ।
भोलि आइतबार प्रकाश सपुत, बाल गायिका कमला घिमिरे पुरुषोत्तम पौडेल, विधान कार्की लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।डन्सिङ्ग आईडलमा ६ जना विच प्रतिशप्रधाहुने र ५ जनालाई छनौट गरिने आयोजकको भनाई छ ।
प्रकाशित मिति : शनिबार, माघ ४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्