JanataToday.com

Advertisment

SKIP THIS

तिलोत्तमाका गौतमबुद्ध मावि र टिकुलीगढ मावि पोलिथिनमुक्त विद्यालय घोषणा

तिलोत्तमाका गौतमबुद्ध मावि र टिकुलीगढ मावि पोलिथिनमुक्त विद्यालय घोषणा

तिलोत्तमा-जुटौं सारा गाउँ शहर, शून्य पोलिथिन तिलोत्तमा नगर भन्ने उदेश्यका साथ तिलोत्तमा नगरपालिकामा सुरु गरिएको शून्य पोलिथिन अभियान अन्तरगत आइतबार तिलोत्तमा नगरपालिका भित्रका दुई सामुदायिक विद्यालय गौतमबुद्ध माध्यमिक विद्यालय कहुलेनि ति.न.पा.९ र टिकुलीगढ माध्यमिक विद्यालय ति.न.पा १४ शुन्य पोलिथिन विद्यालय घोषणा गरिएको छ ।

गौतमबुद्ध स्कुल प्रध्यानध्यापक हेमलाल पौडेलको अध्यक्षतामा वडा अध्यक्ष  नारायण न्यौपानेको प्रमुख आथित्यतामा शुन्य पोलिथिन तिलोत्तमाका संयोजक श्री कमल देवकोटाज्यूले घोषणा गर्नु भएको थियो ।

त्यस्तै टिकुलिगढ स्कुलमा प्रध्यानध्यापक  शंकरदत्त उपाध्याय अध्यक्षतामा वडा अध्यक्ष  सोहन सिंह थारुको प्रमुख आतिथ्यतामा शुन्य पोलिथिन तिलोत्तमाका अभियन्ता निपेश ढाकाले घोषणा गर्नु भएको थियो ।सिम नेपालका संयोजक बाताबरणबिद निपेष ढाकाले शून्य पोलिथिनको अभियानलाई सफल बनाउन अग्रसर बनेकोमा बिद्यालय परिवार, वडा कार्यालय, टोल बिकास समिती, नगरबासी सबैलाई धन्यवाद दिनुभयो ।
एउटै समयमा भएका भिन्न भिन्नै कार्यक्रममा वडा सदस्यहरु, टोल विकास समितिका अध्यक्ष, सचिव, आमा समुहका सदस्यहरु लगाएत बौद्धिक वर्गहरुको उपस्थिति थियो । घोषणा गर्नु पुर्व सबै विद्यार्थीहरुलाई संकल्प गराएर विद्यालय परिसर र ५०० मिटर वरिपरिको भागलाई पनि शुन्य पोलिथिन क्षेत्र बनाईएको थियो । पोलिथिनको प्रयोगलाई निरुत्साहित गर्दै विद्यार्थीहरुले सडकमा नारा लगाउँदै गौतम बुद्ध स्कुलका विद्यार्थीहरु मंगलापुर सम्म र टिकुली गढका विद्यार्थीहरु टिकुलीगढ सम्म पुगेका थिय ।

प्रकाशित मिति : आइतबार, माघ ५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij