मिसाइल आक्रमण : यमनमा ८० सैनिक मारिए

मिसाइल आक्रमण : यमनमा ८० सैनिक मारिए

काठमाण्डौ
यमनमा एक आर्मी प्रशिक्षण शिविरमा गरिएको मिसाइल आक्रमणमा परि कम्तीमा ८० सैनिक मारिएका छन् । अधिकारीहरुका अनुसार मरिब प्रान्तमा शनिबार भएको मिसाइल आक्रमणमा ठूलो सङ्ख्यामा सैनिक घाइते पनि भएका छन् ।
सैनिक स्रोतले समाचार एजेन्सी रोयटर्ससँग भन्यो, ‘राजधानी सनादेखि झण्डै १७० किलोमिटर टाढा एक मस्जिदलाई निसाना बनाइयो, जुन समय मानिसहरु नमाज पढ्नका लागि पुगेका थिए
यमनको सरकारले यो आक्रमणमा हुथी विद्रोहीलाई जिम्मेवार ठहराएको छ । तर कुनै पनि सङ्गठनले यो आक्रमणको जिम्मा लिएका छैनन् ।
अधिकारीहरुले आक्रमणमा मृतकको सङ्ख्या अझै बढ्ने सक्ने बताएका छन् ।
गएको अगस्ट महिनामा हुथी विद्रोहीले अदर शहरमा सैन्य परेड चलिरहँदा मिसाइल आक्रमण गर्दा कम्तीमा ३२ जनाको मृत्युभएको थियो ।

प्रकाशित मिति : सोमबार, माघ ६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij