गु्ल्मी –प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई सुन्तला जोन गु्ल्मीको आ.ब. २०७६/७७ को स्वीकृत बार्षिक कार्यक्रम अन्तरगत सुन्तला जात फलफुल बाली सम्बन्धि बजार प्रबर्द्धन तथा अन्तरक्रिया गोष्ठी आज सम्पन्न सम्पन्न भएको छ ।
सुन्तला भन्डारणका लागि प्रयाप्त भण्डार गृहको अभाव, सुन्तला बाट जुस, जाम,जेलि जस्ता खाद्य पदार्थहरु उत्पादन तथा प्रशोधन गर्ने उद्योगहरुको अभाब तथा बिचौलियाको समस्या जस्ता कारणहरुले गर्दा सुन्तला कम मुल्यमा बिक्री गर्न बाध्य भएको गोष्ठीका सहभागि कृषकहरुले बताएका छन ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिती, गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले सुन्तलाको उत्पादक, व्यापारीरबजार तथा सम्बन्धित सरोकारवाला निकायहरुले ईमानदारिता पुर्वक काम गर्नु पर्ने तथा उत्पादनको गुणस्तर एवं उत्पादकत्व वृद्धि गर्नु पर्ने कुरामा जोड दिनुका साथै आगामि दिनमा सुन्तलाको बजार प्रबर्द्धनका लागि स्थानिय निकायले पनि महत्वपुर्ण निर्वाह गर्ने बताउनु भयो भने उत्पादित कृषिजन्य बस्तुको बजारिकणमा किसानहरुलाइ सहयोग गर्ने उद्धेश्यले कृषि तथा पशु उपज संकलन केन्द्र सन्चालनमा ल्याइएको रेसुङ्गा नगरपालिकाका उपमेयर सिता भण्डारीले बताउनु भयो ।
उक्त गोष्ठीमा सुन्तला जोन गुल्मीको संक्षिप्त परिचय, जोन क्षेत्रको सुन्तला जात बालीको उत्पादन र उत्पादकत्व तथा गुल्मी जिल्लाको सुन्तला जात बालीको उत्पादन, उत्पादकत्व, बजारिकरणका अवसर, सम्भावना एवं चुनौतिहरु विषयक दुइ वटा कार्यपत्र क्रमश परियोजना कार्यान्वयन इकाईका कृषि अधिकृत समिर सिँह बराइ मगर र कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सन बहादुर रानाले प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम परियोजना कार्यान्वयन इकाई, गुल्मीका कार्यालय प्रमुख नारायण काफ्लेको अध्यक्षता, जिल्ला समन्वय समिती गुल्मीका प्रमुख लक्ष्मण पराजुलीको प्रमुख आथित्यता, रेसुङ्गा नगरपालिकाका उपमेयर सिता भण्डारी र जिल्ला समन्वय समिती गुल्मीका जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनीको विशिष्ट आथित्यतामा सम्पन्न भएको कार्यक्रममा मालिका गाउपालिका वडा नं. ८ का वडाध्यक्ष टिका बहादुर जि.सी., तरकारी तथा फलफुल व्यवसाय संघ गुल्मीका सस्थापक अध्यक्ष धन बहादुर राना, उद्योग वाणिज्य संघ गुल्मीका उपाध्यक्ष राम प्रसाद पन्थी, सुन्तला जुस व्यवसायी अमृता पोख्रेल, सुन्तला उत्पादक कृषक विष्णु पन्थ लगाएतको मन्तव्य रहेको थियो ।

कार्यक्रममा सुन्तला जोन सन्चालक समितीका संयोजक चन्द्र वि.क.को स्वागत मन्तव्य, परियोजनाकी ना.प्रा.स. नारायणी गाहाको सन्चालन तथा ना.प्रा.स. जयहिन्द्र हरिजनको संयोजनमा भएको थियो भने लगभग ३५ जना सुन्तला उत्पादक कृषक, व्यापारी, उद्योगी, सम्वन्धित क्षेत्रका स्थानिय तहका जनप्रतिनिधी लगाएतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : सोमबार, माघ ६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्