बुटवल
वातावरण तथा आर्थिक बिकास समाज (सिड) नेपालले ‘मेटाविल्ड’ परियोजना यहि फेब्रुअरीमा सकिँदैछ । उद्योग प्रतिष्ठानहरुमा हुने अनावश्यक कुराहरुलाई व्यबस्थापन गरि उर्जा लगायतको खपत घटाउने तथा उत्पादन लागत समेत घटाउनकालागि टेक्निकल एवं फाईनान्सीयल सपोर्ट समेत गर्दै आएको उक्त परियोजना मार्च २०१६ देखि सुरु भएको थियो ।
यस अवधिमा उक्त परियोजनाले नेपाल अधिराज्यभर ८४ र त्यसमध्ये रुपन्देही जिल्लामा २५ उद्योगमा काम गरेको थियो । मेटाविल्ड परियोजनासंग सहकार्य गरेर काम गरेका उद्योगमा उर्जा खपत, पानी खपत, फाईनान्सीयल लागत कम पर्नुका साथै उत्पादन लागत समेत कम भएको नेपालका प्रोजेक्ट म्यानेजर अमरबहादुर मानन्धरले जानकारी गराउनु भयो । ‘आफूले चाहेको एउटा उत्पादन गर्दा बाँकी नचाहेका दुई वटा उत्पादन पनि हुन सक्छ ।’ उहाँले भन्नुभयो–‘सकिन्छ भने त्यसलाई हटाउने हो, सकिँदैन भने पनि कम उत्पादन गर्ने हो ।’ उद्योगमा सामान्य कुराहरु सुधार गर्दा जोखिम, फोहोर, र प्रदुषण लगायतका कुराहरुको उत्पादन पनि कम हुन सक्ने उहाँको भनाई थियो ।
उक्त परियोजना नेपालका रुपन्देही, काठमाण्डौ, ललितपुर, मोरङ् सुनसरी, कास्की लगायतका ८ जिल्लामा सञ्चालन गरिएको थियो । आगामी फेब्रअरीमा सकिँदै गरेको उक्त परियोजनाको मंगलबार रुपन्देहीको मणिग्राममा एक कार्यक्रमका बिच समापन गरिएको छ । बुटवल उद्योग बाणिज्य संघ र सिद्धार्थनगर उद्योग बाणिज्य संघको सहआयोजनामा भएको कार्यक्रममा उद्योग प्रतिष्ठानकालागि आवश्यक परियोजना भएकाले निरन्तरता दिन आग्रह गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश पाँच उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयकी सचिव डा. राधा वाग्लेले उक्त परियोजनाबाट उद्योग प्रतिष्ठानमा साना साना कुराको सुधारबाट ठूला उपलब्धि हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको बताउनु भयो । सामान्य कुराहरु सुधार गर्दापनि त्यसबाट राम्रो उपलब्धि हासिल गर्न सकिन्छ भने त्यस्ता कुराहरु सुधार गर्न तत्पर हुन पनि उद्योग सञ्चालकहरुलाई उहाँले आग्रह गर्नुभयो । नीतिगत रुपमा उठान भएका कुराहरुलाई सुधारकालागि तीनै तहका सरकारले अग्रसरता देखाउनु पर्ने भन्दै आफूहरुको तहबाट के गर्न सकिन्छ तयार रहेको जानकारी गराउनु भयो ।
परियोजनाले निकालेको प्रतिवेदन अनुसार अवारनेश र एट्टीच्युड (जनचेतना) र व्यबहार) मात्रै सुधार गरेपनि धेरै सुधार गर्न सकिने औंल्याउँदै उहाँले ती कुराको सुधारकालागि तालिम लगायतका कुराहरुलाई आगामी वर्षको बजेटमा समावेश गर्न सकिने जानकारी गराउनु भयो ।
त्यस्तै जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले सरकारले लगाएको समृद्धिको नारालाई पुरा गर्नकालागि औद्योगिक बिकासकालागि यस्ता कुरामा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले तीनै तहका सरकारले औद्योगिक वातावरण बनाउने गरी नीतिगत रुपमै व्यबस्था गर्न पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले उद्योग प्रतिष्ठानमा खेर गईरहेका कुराहरुको पहिचान गरेर उत्पादन क्षमता बढाउने कार्यक्रम सञ्चालन गरेर राम्रो काम गरेको बताउँदै परियोजना निरन्तर सञ्चालन गर्न र अवका दिनमा साना उद्योगहरुलाई पनि समेट्न आग्रह गर्नुभयो । उहाँले परियोजना सञ्चालन गर्ने क्रममा सहकार्यकालागि उद्योग बाणिज्य संघ तयार रहेको पनि जानकारी गराउनु भयो ।
त्यस्तै सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले मेटाविल्ड परियोजना उत्पादन लागत घटाउनकालागि महत्वपूण रहेको बताउँदै यसको निरन्तरताका लागि आग्रह गर्नुभयो ।
स्वीचएसीयाले मेटाविल्ड परियोजना नेपाल सहित बंगलादेश र श्रीलङ्कामा पनि सञ्चालन गरेको छ । मेटाविल्ड परियोजना अष्ट्रिया युरोपका निर्देशक स्तेफेन मेल्नीत्ज्कीले तीनै देशका धातु उत्पादन गर्ने उद्योगहरुमा यो परियोजनाले काम गरेको जानकारी गराउँदै यसबाट राम्रो फिडव्याक प्राप्त भएको जानकारी गराउनु भयो । यो परियोजनाले काम गरेपछि सुधार भएका उद्योगमा उर्जा खपत कम हुनकासाथै उत्पादन लागत पनि घटेको र उद्योगबाट उत्पादन हुने प्रदुषण समेत कम भएको उल्लेख गर्नुभयो ।
त्यस अवसरमा परियोजना लागु भएका उद्योगहरुमध्ये उत्कृष्ट ४ उद्योगलाई बिशेष प्रमाणपत्र प्रदान गरिएको थियो भने बाँकी सबै उद्योगलाई प्रमाणपत्र प्रदान गरिएको छ । रुपन्देहीका बिशेष प्रमाणपत्र प्राप्त गर्ने उद्योग एग्रो ईञ्जिनियरिङ्का बिवेक प्रधान, ओसिन पावर सर्भिस प्रालीका माधव पौडेल, पञ्चकन्या स्टिलका मिलन थापा र एसआर स्टिलका सुरज उप्रेतीले परियोजनाले सिकाएका कुराहरुमा सुधार गर्दा उद्योगलाई धेरै फाईदा पुगेको र उत्पादन लागत समेत घटेको प्रतिक्रिया दिनुभएको थियो । सरकारले नै नीतिगत रुपमा सुधार गरेर उद्योग प्रतिष्ठानमा यी कुराहरु सुधार गर्नुपर्ने र उद्योग व्यबसायमा लगानी गर्ने वातावरण बनाउन उहाँहरुको सुझाव थियो ।
प्रकाशित मिति : मंगलबार, माघ ७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्