अस्ट्रेलियामा भीषण आँधीबेहरी, तीस हजार घरमा विद्युत सेवा अवरुद्ध

अस्ट्रेलियामा भीषण आँधीबेहरी, तीस हजार घरमा विद्युत सेवा अवरुद्ध

सिड्नी
आजदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण करिब ३० हजार घरमा विद्युत सेवा अवरुद्ध भएको छ ।आज बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र भिक्टोरियासम्म पुगेको थियो ।
राज्य आपतकालीन सेवा ९एसईएस० का अनुसार सहयोगका लागि सिड्नीको दक्षिणी उपनगरबाट मध्यरातमा आठ सय भन्दा बढी टेलिफोन कल आएका थिए ।रुखले सडकमा गुडिरहेका कैयौं मानिसका कारलाई थिचेको थियो । केही भागहरूमा प्रति घण्टा १०० किलोमिटरको रफ्तारमा आँधीबेहरी आएको बताइएको छ ।सिडनीको पश्चिममा रहेको ब्रिन्जेली सपिङ्ग सेन्टरको छानाका केही भागहरू हावाले उडाएको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, माघ ७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij