JanataToday.com

Advertisment

SKIP THIS

माघ १० गतेदेखि तिलोत्तमा मेला,‘५ लाख दर्शक र १५ करोड कारोबार गर्ने लक्ष्य’

माघ १० गतेदेखि तिलोत्तमा मेला,‘५ लाख दर्शक र १५ करोड कारोबार गर्ने लक्ष्य’

बुटवल – ‘तिलोत्तमामा लगानी स् समृद्धिको सुनौलो बिहानी’ नारासहित तिलोत्तमा नगरपालिकाको मणिग्राममा माघ १० गतेदेखि दोस्रो राष्ट्रिय औद्योगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव शुरु हुंदैछ । स्वदेशी र विदेशी गरी तीन सय स्टल सहभागी हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक तिलोत्तमा उद्योग वाणिज्य संघले बुधबार मेलास्थलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । माघ २१ गतेसम्म सञ्चालन हुने महोत्सवमा ५ लाख दर्शकलाई अवलोकन गराउने र १५ करोड रुपैयांको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको संघका अध्यक्ष गुणनिधि भण्डारीले बताउनुभयो ।

कृषि, ब्यापार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित आयोजना गरिएको मेलामा लुम्बिनी भ्रमण वर्ष र नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने गरी प्रदेश ५ भित्र रहेका धार्मिक,पर्यटकिय र ऐतिहासिक स्थलहरुको फोटो र वृत्तचित्र प्रदर्शन गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत महोत्सवमा धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग संकलन गरिने उहाले बताउनुभयो । महोत्सवमा तिलोत्तमामा पहिलोपटक नेपाली व्यवसायीकै बाल उद्यान राखेर नेपाली मुद्रा विदेश जान रोकिएको भण्डारीले बताउनुभयो ।

महोत्सवमा विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, प्रदेश स्तरीय लोक गायन प्रतियोगिता लोक तारा, तिलोत्तमा डान्स आइडल,जोडी नृत्य प्रतियागिता, बालबच्चासहित आउने महिलाका लागि छुट्टै स्तनपान स्थल र रत्यौली नृत्य महोत्सवका आकर्षणका रुपमा रहने संघका महासचिव कमल कंडेलले बताउनुभयो । खेल क्षेत्रको विकासका लागि महोत्सव भित्र जिल्ला स्तरिय फुटसल प्रतियोगिता संचालन गरिने कंडेलले बताउनुभयो । मेलामा कृषि, पर्यटन र ऐतिहासिक क्षेत्रका प्रवद्र्धन र यस क्षेत्रमा लगानी भित्राउन गोष्ठी र अन्तरक्रिया गरिने संघका उपाध्यक्ष ज्ञानेन्द्र कार्कीले बताउनुभयो । महोत्सवमा अशक्त,अपांग र संस्थागतरुपमा समूहमा आउने विद्यार्थीलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । विभिन्न जिल्लाबाट भ्रमणमा आउने भ्रमण टोलीलाई पनि निशुल्क अवलोकन गराइने आयोजकले जानकारी गराउनुभयो ।

प्रकाशित मिति : बुधबार, माघ ८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij