काठमाण्डौ- नेपाल एअरलाइन्सका २५ जना पाइलटले नेपाली पाइलटलाई भन्दा विदेशी पाइलटलाई सेवा सुविधा बढी दिने गरेको भन्दै सामूहिक राजीनामा दिएका छन् ।
विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले तीन महिनाको समय दिएका छन् । उनीहरुले व्यवस्थापनसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
व्यवस्थापनको काममा नेपाली स्थायी कर्मचारी बढी खटिनुपर्ने तर सेवा सुविधा विदेशी पाइलटलाई दिइएको आरोप उनीहरुको छ । ।
उनीहरुले तीन महिनामा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्नु पर्ने माग राखेका छन् । यसो नभए नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबैलाई करारमै काम चलाउन विकल्प दिए ।
तीन महिनासम्म पनि माग सम्बोधन नभए उनीहरुले काममा नआउने चेतावनी दिएका छन् ।
प्रकाशित मिति : शुक्रबार, माघ १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्