तिलोत्तमा– तिलोत्तमा नगरपालिकालाई यही माघसम्म ‘शून्य प्लास्टिकयुक्त नगर’ बनाउने अभियान चलिरहेको छ । यस अभियान अन्तर्गत बिहिबार तिलोत्तमा नगरपालिका चार सामुदायिक विद्यालय र एक टोल विकास समितिमा शुन्य पोलिथिन घोषणा सम्पन्न भएका छन ।

श्री जनजागृती मा. वि. वडा नं २ शुन्य पोलिथिन घोषणा भएको छ प्रधानध्यापक टंक पौडेलको अध्यक्षतामा, प्रमुख अतिथि वडा नं २ दधिराम गौतम, शुन्य पोलिथिन तिलोत्तमाका कार्यकारी निर्देशक लक्ष्मी चापागाई, तिलोत्तमा नगरपालिका हरियालि प्रर्वद्धन प्रमुख गोरखनाथ खनाल, वडा सदस्य नेत्र कुमारी सापकोटा, हरियाली नेपालका स्वयंसेवक लगाएत अन्य टोल विकास समितिका अध्यक्ष तथा सदस्य, अविभावकहरुको उपस्थितिमा शुन्य पोलिथिन तिलोत्तमाका संयोजक कमल देवकोटाले विद्यालयलाई शुन्य पोलिथिन क्षेत्र घोषणा गर्नु भएको थियो ।

त्यस्तै श्री कोटियामाई आधारभुत विद्यालय वडा नं १२ विद्यालय शुन्य पोलिथिन घोषणा गरिएको छ प्रधानध्यापक डिल्लीराज भण्डारीको आतिथ्यमा, प्रमुख अतिथि वडा नं १३ का सहदेव थारु, अतिथि तिलोत्तमा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत माधव प्रसाद शर्मा, हरियाली नेपालका संयोजक उर्मिला शर्मा, स्वयंसेवकहरु, टोल विकास समितिका अध्यक्ष तथा सदस्य, अविभावकहरुको उपस्थितिमा शुन्य पोलिथिन तिलोत्तमाका अभियन्ता निपेश ढाकाले विद्यालयलाई शुन्य पोलिथिन क्षेत्र घोषणा गर्नु भएको थियो ।

यसैगरी श्री सरस्वति आधारभुत विद्यालय वडा नं १२ विद्यालय शुन्य पोलिथिन घोषणा भएको छ प्रधानध्यापक ढुण्डीराज भण्डारीको आतिथ्यमा, हरियाली नेपालका संयोजक उर्मिला शर्मा, स्वयंसेवकहरु, विभिन्न टोल विकास समितिका अध्यक्ष तथा सदस्य, अविभावकहरुको उपस्थितिमा शुन्य पोलिथिन तिलोत्तमाका अभियन्ता निपेश ढाकाले विद्यालयलाई शुन्य पोलिथिन क्षेत्र घोषणा गर्नु भएको थियो ।

यस्तै श्री जनता माध्यमिक विद्यालय वडा नं १२ विद्यालय शुन्य पोलिथिन घोषणा भएको छ प्रधानध्यापक राम प्रसाद न्यौपानेको आतिथ्यमा, हरियाली नेपालका संयोजक उर्मिला शर्मा, स्वयंसेवकहरु, विभिन्न टोल विकास समितिका अध्यक्ष तथा सदस्य, अविभावकहरुको उपस्थितिमा शुन्य पोलिथिन तिलोत्तमाका अभियन्ता निपेश ढाकाले विद्यालयलाई शुन्य पोलिथिन क्षेत्र घोषणा गर्नु भएको थियो ।

यस्तै सिद्धेश्वर टोल विकास समिति शुन्य पोलिथिन घोषणा गरिएको छ । सिद्धेश्वर टोल विकास समितिका अध्यक्ष कमला कुँवरको अध्यक्षतामा, प्रमुख अतिथि वडा नं २ दधिराम गौतम, शुन्य पोलिथिन तिलोत्तमाका कार्यकारी निर्देशक लक्ष्मी चापागाई, तिलोत्तमा नगरपालिका हरियालि प्रर्वद्धन प्रमुख गोरखनाथ खनाल, वडा सदस्य नेत्र कुमारी साप्कोटा, जनजागृती माध्यमिक विद्यालयका प्रधानध्यापक टंक पौडेल लगाएत अन्य टोल विकास समितिका अध्यक्ष तथा सदस्य, अविभावकहरुको उपस्थितिमा शुन्य पोलिथिन तिलोत्तमाका संयोजक कमल देवकोटाले सिद्धेश्वर टोल विकास समितिलाई शुन्य पोलिथिन क्षेत्र घोषणा गर्नु भएको थियो ।
सिद्धेश्वर टोल विकास समिति वडा नं २ को पाँचौ र समग्र तिलोत्तमका नगरपालिका भित्रका १८९ औं मध्ये शुन्य पोलिथिन घोषणा गर्ने छैठौै टोल विकास समिति भएको छ ।
प्रकाशित मिति : शुक्रबार, माघ १० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्