JanataToday.com

Advertisment

SKIP THIS

प्रदेशको स्थायी राजधानी बुटवल नै हुनुपर्छः काग्रेस नेता खाँण

प्रदेशको स्थायी राजधानी बुटवल नै हुनुपर्छः काग्रेस नेता खाँण

 

तिलोत्तमा ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता बालकृष्ण खांणले प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट अन्यत्र सार्ने कुरा नसोच्न मुख्यमन्त्री र सभामुखलाई आग्रह गर्नुभएको छ । उहांले बुटवललाई अस्थायी राजधानी लहडका भरमा नतोकिएको उल्लेख गर्दै यहांबाट सार्ने प्रयत्न भए असहज परिणाम आउने चेतावनी दिनुभयो । ‘हुन त यो प्रदेशसभाको अधिकार क्षेत्रको कुरा हो, तर दलको निर्णयका आधारमा हुने भएकाले प्रदेशका मुख्यमन्त्री, सभामुख र प्रदेश सांसदहरुलाई आग्रह गर्छु,अहिलेको राजधानी बदल्न नखोजौं’रुपन्देहीको मणिग्राममा दोस्रो औद्योगिक ब्यापार मेलाको उद्घाटन गर्दै खांणले भन्नभयो ‘बुटवलबाट दायाँबायाँ गर्ने र अल्झाउने काम भए यसले सहज परिणाम ल्याउंदैन अन्तराष्ट्रिय पहिचान र तागत बोकेको लुम्बिनी, सुरक्षा व्यवस्था,अन्तर्राष्ट्रिय विमानस्थल, पर्यटन, शिक्षा, स्वास्थ्य, यातायातको सुगमता आदि पर्याप्त पुर्वाधारका आधारमा प्रदेश राजधानी बुटवलको विकल्प सोच्न नसकिने खांणले तर्क गर्नुभयो । अन्य प्रदेशहरुले स्थायी राजधानी पाइसकेकाले अब प्रदेश ५ ले पनि ढिला नगरी बुटवललाई निरन्तरता दिनुपर्ने उहांले बताउनु भयो । ‘अब जनतालाई अल्मल्याउने काम गर्न हुंदैन’खांणले भनुभयो ‘यसले जनता, प्रदेश र देशलाई नै हित गर्दैन ।’ भुगोलका आधारमा मध्य भागमा नै राजधानी हुनुपर्छ भन्ने मान्यता उचित नभएको र अन्य प्रदेशको पनि मध्य भागमा राजधानी नभएकाले प्रदेश ५ का हकमा पनि बुटवलबाट दायांबाया नगर्न खांणले आग्रह गर्नुभयो ।सरकारले मिडिया काउन्सील,सूचना प्रविधि,सम्पत्तिको हक, ,गोपनियताको हक, मानवअधिकार लगायत जनताका अभिव्यक्ति स्वतन्त्रता र मौलिक हक कुण्ठित गर्ने खालका विधेयकहरु ल्याएर निरंकुश बन्न खोजेको खांणले आरोप लगाउनसभयो । नेपाली जनताले अब कुनै पनि खालको निरंकुशता स्वीकार नगर्ने स्पष्ट पार्दै आफूलाई मालिक र जनतालाई सेवक ठान्ने सोंच र व्यवहार बदल्न सरकारलाई आग्रह गर्नुभयो । सरकारले संविधानको प्रतिकूलतामा काम गर्न खोजेर संविधान उल्लंघनको प्रयास गरेको भन्दै खांणले संविधान विपरित नजान सुझाव दिनुभयो । मुलुकमा लगानीमैत्री वातावरण बनाउने र लगानीको सुरक्षा गर्ने दायित्व सरकारको भएपनि वर्तमान सरकारबाट यी काम हुन नसकेको र उद्योगी व्यवसायी निराश भएको खांणले उल्लेख गर्नुभयो । तिलोत्तमा नगरपालिका रुपन्देहीको मध्य भागमा रहेकाले सुन्दर भविष्यलाई दृष्टिगत गरी योजनावद्ध विकासको गतिमा अघि बढ्न खांणले आग्रह गर्नुभयो ।प्रदेश सभा सदस्य रमा अर्यालले सरकारले नीजि क्षेत्र र जनताका अधिकार कटौति गर्दै निरंकुश बाटोमा अघि बढ्दा लगानीमैत्री वातावरण बन्न नसकेको बताउनुभयो ।तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा क्षेत्र लगानीका लागि भर्जिन ल्याण्ड रहेको उल्लेख गर्दै लगानीकर्तालाई रोजगारी र लगानीका आधारमा कर छुट लगायत सुविधा दिइएको बताउनुभयो । उहांले तिलोत्तमामा कृषि,उद्योग र पर्यटनको प्रचूर संभावना रहेको उल्लेख गर्नुभयो ।स्थानीय उत्पादनको बजार प्रवद्र्धन र मेला महोत्सव आयोजना गर्न नगरपालिकाले स्थायी प्रदर्शनी स्थलका लागि जग्गा उपलब्ध गराउन तत्पर रहेको बताउनुभयो ।महोत्सव आयोजक संस्था तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले मेला सञ्चालनका लागि आफ्नै जग्गा र स्थायी संरचना नहुंदा जग्गा र अस्थायी संरचनामा हरेक वर्ष लाखौं रुपैयां अनुत्पादक रुपले खेर गइरहेको गुनासो गर्नुभयो । उहांले स्थानीय उत्पादनको बजारिकरण, कृषि र पर्यटन प्रवद्र्धन र यस क्षेत्रमा लगानीको वातावरण सिर्जना गर्न ‘तिलोत्तमामा लगानी समृद्धिको सुनौलो बिहानी’ नारा तय गरिएको बताउंदै महोत्सवले लगानीमैत्री वातावरण निर्माणमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : शुक्रबार, माघ १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij