पर्यटन व्यवसायीलाई सौतेलो व्यवहार गरिने छैन :पुर्व प्रधान मन्त्री प्रचण्ड

पर्यटन व्यवसायीलाई सौतेलो व्यवहार गरिने छैन :पुर्व प्रधान मन्त्री प्रचण्ड

 

काठमाण्डौ

नेकपाका अध्यक्ष तथा पुर्व प्रधान मन्त्री पुष्ष कमल दाहाल प्रचण्डले सरकारले होटल व्यवसायीलाई हेने द्धष्टीकोणमा परिवर्तन जरुरी रहेको बताउनु भयो । सरकारको एक योद्धा भएकाले सरकारले पर्यटन व्यवसायीलाई सौतेलो व्यवहार नर्गने वातावरण बनाउने अध्यक्ष प्रचण्डले विश्वास दिलाउनु भयो ।
होटल व्यवसायी महासंघ नेपालको तेस्रो राष्टिृय महाधिवेशनवाट निर्वाचित नेतृत्वको पदस्थापन समारोहमा शुक्रवार काठमाण्डौमा वोल्दै पुर्व प्रधान मन्त्री प्रचण्डलले पर्यटन व्यवसायीलाई महत्वका साथ प्राथमिकता दिन र मुलुकमा आर्थिक समवृद्धि संग जोडेर काम गर्ने धारणा राख्नु भयो । आन्तरिक तथा वाह् पर्यटकलाई खुशि पार्ने गरि व्यवसायीले पेशामा कर्तव्य र अधिकारलाई आत्मसाथ गर्न पनि व्यवसायीलाई उहाँले आह्वान गर्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द पौडेल भ्रष्टचार मुक्त राष्टृ र विकृति मुक्त राजनैतिक दल बनाउन जरुरी रहेको बताउनु भयो । वरिष्ठ नेता पौडेलले राजनितिलाई सम्मानित पेशाका रुपमा स्थापित नर्गदासम्म समुलुकमा प्रजातन्त्र सवल हुन नसक्ने धारणा राख्नु भयो । राजनैतिक दलहरुले भ्रष्टाचारीलाई संरक्षण गर्ने पद्धतिको अन्त गर्न र मुलुकमा शुसासन कार्यम गर्न उहाँले जोड दिनु भयो ।
राजनैति क्षेत्रमा भ्रष्टाचार बढेको प्रति चिन्ता प्रकट गदै वरिष्ठ नेता पौडेलले भ्रष्टाचारले गर्दा मुलुकमा शुसासन हुन नसक्ने धारणा राख्नु भयो टाला। भ्रष्टाचारले मुलुकमा वेचनी बनाएको छ भन्दै उहाँले यसको नियन्त्रण जरुरी रहेको औल्याउनु भयो । कार्यक्रममा होटल व्यवसायी महासंघ नेपालका नव निर्वाचित अध्यक्ष हिराध्वज शाह निर्वमान अध्यक्ष अमृत भुजेल, पर्यटन मन्त्रालयका सचिव केदार अधिकारी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशलाल चुके, महासचिव विरमन्जन वटाला लगायतले व्यवसायीका समस्यामा सरकार गम्भिर हुन माग गरेका थिए ।

प्रकाशित मिति : शनिबार, माघ ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij