टिप्परको ठक्करबाट गैडाकोटमा रुपन्देहीका एक जनाको मृत्यु

टिप्परको ठक्करबाट गैडाकोटमा रुपन्देहीका एक जनाको मृत्यु

नवलपुर

पूर्वी नवलपरासीको गैडाकोटमा शुक्रबारराति टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।गैडाकोट ८ मौलाकालिका होटेल अगाडि ना १ क ८३३० नम्बरको टिप्परले विपरित दिशाबाट आउँदै गरेको बा ६७ प ७८८२ नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक रूपन्देहीको बुटवल सितलनगर बस्ने ३५ बर्षीय भुवन केसीकोमृत्य भएको हो ।
ठक्करबाट गम्भीर घाईते केसीको उपचारको क्रममा राति जिल्ला अस्पताल चितवनमा मृत्य भएको हो ।
दुर्घटनामा परी मोटरसाईकलमा गैडाकोट ५ निवासी २६ बर्षीय शशी कपुर केसी घाईते भएका छन् ।उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भई रहेको छ । ठक्कर दिने टिप्पर र टिप्पर चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रकाशित मिति : शनिबार, माघ ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij