चीन
चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । हुवेई प्रान्तमा थप १५ जनाको ज्यान गएसँगै यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो ।
कोरोनाबाट १ हजार २ सय ८७ जना संक्रमित रहेका बीबीसीले जनाएको छ । यो भाइरसको संक्रमण युरोपमा पनि पुगेको पुष्टि भएको छ । चीनमा तिब्र गतिमा फैलिरहेको यो भाइरसको संक्रमण फ्रान्सका तीन जनामा देखिएको पुष्टी भएको बीबीसीले जनाएको छ ।
फ्रान्सको पेरिसमा दुई र बोर्डोउमा एकजनामा यो भारइस देखिएको त्यहाँका स्वास्थ्य मन्त्रीले पुष्टि गरेका हुन् ।
यसैगरी, अमेरिकामा दोस्रो व्यक्तिमा पनि कोरोना भाइरस भएको पुष्टी भएको छ भने थाइल्याण्डमा ५, सिंगापुरमा तीन, भियतनाम र दक्षिण कोरियामा दुई दुई तथा ताइवान र नेपालमा एक एक जनामा कोरोना भाइरस भएको पुष्टी भएको छ ।
बेलायत र क्यानाडामा पनि संक्रमित भएको अनुमानमा परीक्षण भैरहेको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ४१ जनाको ज्यानले ज्यान गुमाएका हुन् ।
नयाँ वर्षको अवसरमा हुने आवागमनबाट कोरोना भाइरस झनै फैलने भन्दै चीन सरकारले १३ वटा शहरमा यातायातमा रोक लगाएको छ । वुहानमा सबै प्रकारका यातायातका साधन चल्न रोक लगाइएको छ ।
यसैगरी वुहानमा कोरोना संक्रमितलाई राख्नको लागि एक हजार शैयाको अस्पताल ६ दिनभित्र बनाइसक्ने गरी धमाधम काम भैरहेको छ । वुहान शहरमा नै कोरोना भाइरसको पहिलो संक्रमण देखिएको थियो ।
प्रकाशित मिति : शनिबार, माघ ११ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्