JanataToday.com

Advertisment

SKIP THIS

कोरोना भाइरस फैलदा चीनमा ज्यान गुमाउनेको संख्या ४१ पुग्याे

कोरोना भाइरस फैलदा चीनमा ज्यान गुमाउनेको संख्या ४१ पुग्याे

चीन
चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ । हुवेई प्रान्तमा थप १५ जनाको ज्यान गएसँगै यो भाइरसबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो ।
कोरोनाबाट १ हजार २ सय ८७ जना संक्रमित रहेका बीबीसीले जनाएको छ । यो भाइरसको संक्रमण युरोपमा पनि पुगेको पुष्टि भएको छ । चीनमा तिब्र गतिमा फैलिरहेको यो भाइरसको संक्रमण फ्रान्सका तीन जनामा देखिएको पुष्टी भएको बीबीसीले जनाएको छ ।
फ्रान्सको पेरिसमा दुई र बोर्डोउमा एकजनामा यो भारइस देखिएको त्यहाँका स्वास्थ्य मन्त्रीले पुष्टि गरेका हुन् ।
यसैगरी, अमेरिकामा दोस्रो व्यक्तिमा पनि कोरोना भाइरस भएको पुष्टी भएको छ भने थाइल्याण्डमा ५, सिंगापुरमा तीन, भियतनाम र दक्षिण कोरियामा दुई दुई तथा ताइवान र नेपालमा एक एक जनामा कोरोना भाइरस भएको पुष्टी भएको छ ।
बेलायत र क्यानाडामा पनि संक्रमित भएको अनुमानमा परीक्षण भैरहेको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म चीनमा ४१ जनाको ज्यानले ज्यान गुमाएका हुन् ।
नयाँ वर्षको अवसरमा हुने आवागमनबाट कोरोना भाइरस झनै फैलने भन्दै चीन सरकारले १३ वटा शहरमा यातायातमा रोक लगाएको छ । वुहानमा सबै प्रकारका यातायातका साधन चल्न रोक लगाइएको छ ।
यसैगरी वुहानमा कोरोना संक्रमितलाई राख्नको लागि एक हजार शैयाको अस्पताल ६ दिनभित्र बनाइसक्ने गरी धमाधम काम भैरहेको छ । वुहान शहरमा नै कोरोना भाइरसको पहिलो संक्रमण देखिएको थियो ।

प्रकाशित मिति : शनिबार, माघ ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij