नवजीवन क्लवको अध्यक्षमा भुसाल

नवजीवन क्लवको अध्यक्षमा भुसाल

 

बुटवल -सामाजिक विकास र खेलकुदमा कृयाशिल तिलोत्तमा नगर स्तरीय ’नवजीवन क्लव’को नवौं अधिवेशनबाट पुनः गोविन्द भुसालको अध्यक्षतामा, नयाँ नेतृत्व चयन भएको छ । क्लवको वरिष्ठ उपाध्यक्ष केशव प्रसाद भुसाल, उपाध्यक्षमा प्रकाश न्यौपाने, सचिवमा सागर पाठक, कोषाध्यक्षमा टीकाराम भट्टराई र सह(सचिव दिपेन्द्र भण्डारी चयन हुनु भएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरि सदस्यहरु आशिष पाठक, नारायण न्यौपाने, राम प्रसाद ज्ञवाली, लीलामणि पाठक, विष्णु रिजाल चयन हुन भएको छ । क्लवको लेखा समिती संयोजकमा सुर्य पाठक, सदस्यमा प्रदिप न्यौपाने (मनोज) र प्रेम भुर्तेल चयन हुनु भएको निर्वाचन समितिका संयोजक टिकाराम पाठकले बताउनु् भयो ।

२०४६ सालमा स्थापित र यस क्षेत्रकै नमुनाको रुपमा संचालित यस क्लवले सामाजिक विकास, एकता, सद्भाव र खेलकूदको माध्यमबाट युवाहरुमा अनुशासित सकृयता र व्यक्तित्व विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएकोमा नव गठित समितिले निरन्तरता दिंदै समय अनुसार अझ बढी प्रभावकारी रुपमा कृयाशीलगराउदै लैजाने नव निर्वाचित अध्यक्ष भुसालले प्रतिवद्धता व्यक्त गर्नु भयो ।

तिलोत्तमा ४ का वडा अध्यक्ष दिवाकर ढकाल, क्लवका संरक्षक माधव पाठक सल्लाहकार बालकृष्ण भुसाल, श्याम न्यौपाने, टिकाराम पाठक, पुर्व अध्यक्ष टिकाराम पाठक, ऋषिराम भण्डारी, दिपक पाठक, मोहन भुसाल, दिवाकर ढकाल, शिव पाठक, मित्रवन्धु पाठक लगायतले नवनिर्वाचित नेतृत्वलाई बधाई दिदै खेलकुदका क्षेत्रमा थप नया कार्यक्रम संचालन गर्न माग गर्नु भएको थियो ।

प्रकाशित मिति : आइतबार, माघ १२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij