तिलोत्तमा ।
श्री सरस्वती आधारभूत विद्यालयको आयोजनामा तिलोत्तमा वडा नं १४ स्थिति कृर्षि हाट बजारको समुद्धघाटन भएको छ।
हाट बजारको उद्धघाटन गर्दै तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरेले स्थानिय स्तरमा उत्पादन गरिएका कुनै पनि वस्तुलाई प्रोत्साहन गर्नुका साथै अर्गानिक उप्पादनलाई विशेषता दिने बताउनुभयो ।
घिमिरेले तिलोत्तमा वडा नं १४ कृर्षिको पकट क्षेत्र छुट्टाईएको बताउदै यस क्षेत्रमा कालि गण्डकीको पानी ल्याएर भए पनि अर्गानिक कृर्षि उत्पादन गर्ने नगरपालिका को भावि योजना भएको बताउनभयो ।
अहिले ५०लाखको लागतमा निर्माण गरियको हाट बजार सुरु हुदै गर्दा यसै वडामा प्रदेश स्तरिय बसपार्क ,तिलोत्तमा करिडोर र पर्याटनकोलागि बाउन्नकोटि पिक्निक स्पोटलाई पर्याटकीय क्षेत्र बनाउनेनगरपालिक योजना रहेको बताउनुभयो।
यसै कार्यक्रममा बोल्दै उप प्रमुख जागेश्वरि चौधरिले कृर्षि क्षेत्र विकासका लागि बजार आवश्यकहुने हुदा उत्पादन संगै गुणस्तरिय लाई ध्यान दिएर उत्पादन गर्न आग्रह गर्नुभयो
जसरी शुन्य पलास्टिक मुक्त नगर बनाउने हाम्रो लक्ष्य छ त्यसै गरिबिषादी मुक्त नगर र अर्गानीक नगर बनाउने पनि लक्ष्य रहेको हुदा अर्गानिक कृर्षि उत्पादनमा ध्यानदिन आग्रह गर्नुभयो।
कार्यक्रममा तिलोत्तमा नगरपालिका कृर्षि शाखाका प्रमुख लोम नाथ भुषाल,प्रबक्ता सुरेन्द्र श्री जनमुत्ति पार्टीका नगर अध्यक्ष बोम बहादुर बुढा मगर,नेपाली कांग्रेस क्षेत्रीय सभापति लक्ष्मण सुवेदी ,वडा अध्यक्ष सोहन थारु , हाट् बजार समितिको अध्यक्ष कृष्ण पन्थि लगाएले शुभकामना दिदैविभिन्न झाकी प्रदशन सहित कार्यक्रम सम्पन्न भएको थियो।
प्रकाशित मिति : आइतबार, माघ १२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्