भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु

भैरहवा
भैरहवा–भुमही सडकमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। रुपन्देहीको रोहिणी गाँउपालिका ४ छिपागढमा ३ वटा ट्रक एक आपसमा ठोक्किदा ३ जनाको घटनास्थलमै मृत्यु भएको र ९ जना घाइते भएका छन्।करिब ६:३० बजे भैरहवादेखि परासी तर्फ जाँदै गरेको लु १ ख ६७४५ नम्बरको ट्रक परासीदेखि भैरहवा तर्फ आउँदै गरेको ना २ ख ८४८१ र ना ५ ख ७८५६ नम्बरको ट्रक अत्याधिक कुहिरोको कारण एक आपसमा ठोक्किएको हो। दुर्घटनामा मृत्यु भएको सनाखत भएको छैन घाइते मध्ये ४ जनाको अवस्था गम्भिर छ भने अन्य ५ जना पनि घाइते भएका छन्। घाइतेलाई भैरहवा स्थित भिम अस्पताल र युनिभर्षल मेडिकल कलेज रानीगाउँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक केशव ज्ञवालीले जानकारी दिए।

प्रकाशित मिति : मंगलबार, माघ १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij