काठमाडौँ ।
अतिक्रमण गरी व्यक्तिको नाममा राखिएको ९४६ रोपनी सात आना जग्गा सरकारले फिर्ता ल्याइसकेको छ । यसैगरी तराईमा १२५ बिघा १६ कट्ठा जग्गा फिर्ता ल्याइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले दुई हजार ८२९ वर्गमिटर जग्गा पनि फिर्ता ल्याइसकेको बताउनुभयो ।
ती जग्गा कुन कुन जिल्लाबाट फिर्ता ल्याइएको भने मन्त्रालयले स्पष्ट पारेको छैन तर सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनअनुसार ती जग्गा फिर्ता ल्याउने क्रम सुरु गरिएको हो ।
मन्त्री अर्यालले सरकारले अब अतिक्रमित सबै जग्गा फिर्ता ल्याउने बताउनुभयो । मन्त्रालयको दुई वर्षको प्रगति विवरणका बारेमा जानकारी दिन सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अनधिकृत रूपमा व्यक्तिले आफ्नो नाममा बनाएको जग्गा फिर्ता गर्ने अभियानमा ती जग्गा फिर्ता ल्याइएको हो ।”
सर्लाहीको बरहथवाबाट यस्ता जग्गाको बदर सुरु गरेको जानकारी दिँदै उहाँले देशभरको अतिक्रमित जग्गा फिर्ताको अभियानमा रहेको बताउनुभयो । हदबन्दीभन्दा बढी भेटिएको जग्गा पनि रोक्का गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले सरकारी, सार्वजनिक र गुठीबाहेक १३ लाख ३३ हजार ७८३ वर्गमिटर जग्गा शङ्कास्पद देखिएकाले उक्त जग्गाको कारोबार रोक्का गरिएको जानकारी दिनुभयो । उहाँले २६ हजार १७६ हेक्टर जमिनको पुनः नापी, गाउँ ब्लक नापी र विशेष नापी गरिएको बताउनुभयो ।
मन्त्री अर्यालले जमिनको व्यवस्थापन निकै कठिन भएको बत९ाउनुभयो । उहाँले भन्नुभयो, “हामीकहाँ थुप्रै जमिन विभिन्न नाममा दोहन भएका छन् ।” जाँचबुझ आयोगको प्रतिवेदनअनुसार ३४८ बिघा जमिन अस्पष्ट र दोहोरो स्रेस्ताको रहेकाले लगत कट्टा गरी कारबाही प्रक्रिया अगाडि बढाइने पनि
उहाँले बताउनुभयो ।
गुठी जग्गाअन्तर्गत बागेश्वरी गुठी, काठमाडौँ महानगरपालिकामा लक्ष्मीनारायण गुठीलगायतका अन्य क्षेत्रको गरी झन्डै १०८ बिघा व्यक्तिको नाममा रहेको जग्गा फिर्ता ल्याउने प्रक्रिया पनि अगाडि बढेको उहाँले बताउनुभयो ।
बालुवाटारस्थित ललिता निवासको जग्गा अनियमितता गर्नेमाथि छिट्टै कारबाही अगाडि बढ्ने पनि उहाँले बताउनुभयो । “कहीँ कतैबाट प्रश्न नउठ्ने गरी विधि पु¥याएर जान खोज्दा ढिलो भएको हो”, उहाँले भन्नुभयो ।
प्रकाशित मिति : मंगलबार, माघ १४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्