कांग्रेस संसदीय समितिद्धारा नेता पोखरेलको नवौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जलीसभा

कांग्रेस संसदीय समितिद्धारा नेता पोखरेलको नवौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जलीसभा

बुटवल ।
नेपाली कांग्रेस प्रदेश नं ५ का नेता बलदेब शर्मा पोखरेलको नवौ दिनको पुण्य तिथिमा कांग्रेस संसदीय समितिद्धारा श्रद्धाञ्जलीसभा गरिएको छ । गत माघ ५ गते ८२ बर्षको उमेरमा पोखरेलको निधन भएको थियो ।
कांग्रेस संसदीय समितिले आयोजना गरेको श्रद्धाञ्जली सभा मा बोल्दै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशलाई स्थापित गर्ने योद्धा गुमाउदा पिडाबोध भएको बताउनुभयोृ । शर्माको अभावमा नेपाली कांग्रेसले उहाले देखेको सपना पूरा गर्नुपर्ने बताउनुभयो । त्याग र असल संस्कार उहाबाट सिक्नुपर्ने उहाले बताउनुभयो ।
नेपालको प्रजातान्त्रिक आन्दोलनको सफलतामा शर्माको समेत भुमिका रहेको भन्दै उहाको जिवनशैलि बाट प्रेरणाा लिन सकिने बतायनुभयो । राजनीतिक टिकाटिप्णी बाट अपबाद रहेका शर्मा र उहाको जीवनशैलि सबैले अनुसरण गर्नु पर्ने मुख्यमन्त्री पोखरेलको भनाई थियो ।
उहाले शर्मा को योगदानको तलमाथि हुन नदिने र असल परम्परा लाई स्थापित गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयोृ।त्यस्तै श्रद्धाञ्जली सभामा बोल्दै सभामुख पुर्ण बहादुर घर्तीले संसदमा शर्माले खेलेको भुमिकाको उच्च कदर गरिने बताउनुभयो ।सादगी जिन्दगी बिताउने, लाभको पद नसोच्ने स्वभाव भएका शर्माको जिवनलाइ सबैले अनुसरण गर्नुपर्ने बताउनभयो। त्यस्तै नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले पोखरेलले संसदमा खेलेको भुमिका महत्त्वपूर्ण रहेको भन्दै अधुरा कार्यहरू सबै मिलेर सम्पन्न गर्ने बताउनुभयो । उहाले पोखरेलको निधनले बाटो नबिराई हिड्ने पाठ सिकाएको समेत बताउनुभयो । नेपाली कांग्रेसकी सचेतक निर्मला क्षेत्री ले पोखरेलको निधनले संसदमा अभिभाकत्व गुमाएको बताउनुभयो । नेपाली राजनिती भित्र आन्दोलनको अगुवा गर्ने पोखरेलको निधनले संसदमा कांग्रेस अपुरो हुने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस संसदिय दलका उपनेता बिरन्द्र कनौडिया, प्रमुख सचेतक सुरेन्द्र हमाल सांसद बैजनाथ कलवार, समाजबादी फोरमका सहर्षराम यादव, राजपा नेत्री कल्पना पाण्डे लम्साल लगायतले बोल्दै पोखरेलको निधनले क्षती पुगेको बताउनुभयो ।

प्रकाशित मिति : मंगलबार, माघ १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij