बुटवल-पाणिनी ग्रु्प अफ हस्पिटालिटी को सहकार्यमा बुटवलमा टिम कन्सल्टेन्सी शाखा सुभारम्भ गरिएको छ । सरस्वती पुजाको अवसरमा बुटवलमा कलेरा ईन्टरनेशल एकेडमी को शुभारम्भ र टिम कन्सल्टेन्सी बुटवलमा शाखा विस्तार गरिएको हो ।
टिम कन्सल्टेन्सी बुटवलका निर्देशक, कलेरा ईन्टरनेशनल बुटवलका चियरपर्सन तथा पाणिनी कलेज अफ हस्पिटालिटीका चियरपर्सन गोपाल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य जालपा भुषाल, र रामजी प्रसाद घिमिरेले दुई वटा एडकेमीको उद्घाटन गरेका हुन । कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले सिकेको सिप व्यवहारमा उतार्नको लागि आग्रह गरे । यस्तै सांसाद जालपा भुषालले कुनै पनि सिप विदेशमा गएर सिकेर पुनः स्वदेशमा आई त्यसको सदुपयोग गर्न आग्रह गरिन ।
कार्यक्रममा टिम कन्सल्टेनीका नेपाल प्रमुख विनोद कुमार सुवेदीको विशिष्ठ आतिथ्यता रहेको थियो । समृद्धि फाईनान्स बुटवलका प्रमुख विष्णु प्रसाद रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
साथै पाणिनी गु्रप अफ हस्पिटालिटीको प्रथम बार्षिक उत्सवको अवसरमार मानव सेवा आश्रम बुटवलका रहेका असाहाय, अनाथहरुलाई खाना समेत खुवाईएको थियो ।
प्रकाशित मिति : बिहिबार, माघ १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्