यातयात व्यवसायीहरुमा रहेको आन्तरिक विवाद समाधान,

यातयात व्यवसायीहरुमा रहेको आन्तरिक विवाद समाधान,

व्यवसायीका समस्या समाधानमा सामुहिक भिडने प्रतिवद्धता

बुुटवल

यातायात व्यवसायीहरुको कपिलवस्तुको वाणगंगामा भएको बृहत भेलाले यातयात व्यवसायी संघ संस्थाहरु बीचमा रहेको आन्तरिक विवाद समाधान गरेको छ ।विगत दुई वर्ष देखि महासंघमा नारायणी यातयात व्यवसायीका अध्यक्ष हिरालाल श्रेष्ठ र नारायणी यातयात प्रालिका अध्यक्ष गोकर्ण पराजुली बीच देखिएको आपसी दण्ड कपिलवस्तु भेलाले समाधान गरेको भेलाआयोजक समितिका संयोजक यम प्रसाद पाण्डेले बताउनु भयो ।
विवाद समाधान संगै अव व्यवसायीले भोग्नु परेका समस्याको समाधानका लागिएकसाथ जुटेर अगाडी बढने प्रतिवद्धता समेत उहाँहरुले जनाउनु भएको छ ।
त्यसैगरि भेलामा सहभागी व्यवसायीले सरकारले यातयात व्यवसायीले राखेका माग पुरा नगरे दुर्घटना नहेने र गाडीको चापी सरकारलाई बुझाउने निर्णय पनि गरेका छन ।
नेपाल टृक यातयात व्यवसायी ५ नम्बर प्रदेशको आयोजनामा भएको छलफल कार्यक्रमले यातायात क्षेत्रमा देखा परेको अन्यौलता हटाउनका लागि महासंघले पुर्व अध्यक्ष पदाधीकारी सल्लाहकारहरुलाई बैठकमा आमन्त्रण गर्ने समेत सहमती गरेका छन । त्यसैगरि भेलाले सरकारले ल्याएको २० लाखको थ्रेसहोड हटाउनु पर्ने, अन्यथा यातयात व्यवसायीले दुर्घटना हेर्न नसक्ने धारणा राखेका छन ।
यातयात व्यवसायीले सरकारले ल्याएको कर भ्याट, दुर्घटना र भाडाको व्यवस्थापनमा देखिएको समस्याका वारेमा व्यवसायी संघ संस्थाले छलफल गरेका हुन । त्यस्र्तै महासंघमा यातयात व्यवसायी प्रालिलाई पनि सदस्य बनाउनु पर्ने भन्दै महासंघलाई सुझवा दिन निर्णय भेलाले गरेको छ । दुर्घटनाकोक्षेती पुर्ति बहान गर्न सबै यातयात व्यवसायी संघ संस्था तथा कम्पनीहरुलाई कठिन भैरहेको परिस्थितीमा प्रति गाडी निश्चीत रकम टिृप शुल्क रुपमा लिई एउटा बास्केट फन तयार गरि सोही फनवाट दुर्घटनाको दाईत्व बहन गर्ने निर्णय भेलाल गरेको छ ।
नेपाल टृक यातयात व्यवसायी ५ नम्बर प्रदेशका अध्यक्ष यमप्रसाद पाण्डेको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नेपाल नेपाल टृक यातयात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल,नारायणी यातयात कम्पनी प्रालिका गोकर्ण पराजुली ,माधव अधिकारी नारायणी यातयात समिति पुरानोका ,हिरालाल श्रेष्ठ, बद्धि चौलागाई, तराई यातयातका शंकर विष्ट, रौतहट यातयात व्यवसायीका ध्रुव अर्याल, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका प्रताप बहादुर कार्की, लुम्बिनी यातयात व्यवसायी समितिका विष्णु प्रसाद खरेल, वाणगंगा यातयात प्रालिका विष्णु प्रसाद न्यौपाने, लक्ष्मण भुसाल, राप्ती सम्युक्त टृक समितिका उमेशचन्द मजगैया, सिद्ध कैलाश यातयात प्रालि कोहलपुरका खुम बहादुर खत्री, बाँके यातयातकी आशा ओली डागी, लगाएतले सरकारले टृक यातयात व्यवसायीलाई पान र भ्याटमा जानुपर्ने बाध्यत्मक परिस्थिती श्रृजना गरेकोमा भेलाले भ्याटमा जान नसकिने तर पानमा गएर व्यवसाय संचालन गर्न पाउनु पर्ने धारणा राख्नु भएको थियो ।

।

प्रकाशित मिति : शुक्रबार, माघ १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij