दाङ
दाङ लमहीको गोरखा बोर्डिङ स्कुलको भ्यानले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । गोरखा समूहद्धारा सञ्चालित बोर्डिङ स्कुलको रा १ क १०२८ भ्यानले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर६, देउपुरकी डेढ वर्षीया सखिना खातुन रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
सडकमा खेलिरहेकी बालिका भ्यान आएपछि विद्यालयबाट फर्किएका आफ्ना दाईतर्फ जाँदै गर्दा भ्यान अघि बढेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गाडी चालक प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रम्ख प्रज्वल थपलियाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : शुक्रबार, माघ १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्