बुटवल ।
प्रदेश सभा स्थापना दिवसको अवसरमा प्रदेश पाँच प्रदेश सभा सचिवालयले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । प्रदेश पाँचको स्थापना दिवसको अवसर पारेर सचिवालयले सरसफाई, रक्तदान तथा खेलकुदका कार्यक्रम आयोजना गरेको हो । प्रदेश सभा स्थापना दिवस माघ २१ को पूर्वसन्ध्यामा १८ गते भोली प्रदेश सभा सचिवालय तथा आसपासको क्षेत्रमा सरसफाई कार्यक्रम गरिने शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी गराईएको हो ।
त्यस्तै १९ गते आईतबार सचिवालयमा रक्तदान कार्यक्रम, २० गते सोमबार प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभाका सदस्यहरु बिच मैत्रीपूर्ण भलिवल प्रतियोगिता र प्रदेश सभाका महिला सदस्यहरु तथा प्रदेश सभा सचिवालयका महिला कर्मचारीहरुका बिचमा कुर्ची दौड चियर रेस प्रतियोगिता गर्न लागिएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी गराउनु भयो ।
मैत्रीपूर्ण भलीवल प्रतियोगिता कालिका मावनज्ञान माध्यमिक बिद्यालयमा गरिने छ भने कुर्ची दौड सचिवालय परिसरमा गरिने छ । त्यस्तै प्रदेश सभा स्थापना दिवस माघ २१ गते मध्यान्न १२ बजे मूल समारोह गरिने छ ।
प्रकाशित मिति : शुक्रबार, माघ १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्