धार्मिक पर्यटन पुरस्कार पत्रकार स्वस्तिक श्रेष्ठलाई

धार्मिक पर्यटन पुरस्कार पत्रकार स्वस्तिक श्रेष्ठलाई

बुटवल – सिद्धबाबा मन्दिर विकास समितिको वार्षिक साधारण सभा तथा खर्च सार्वजनिक, समिति पुनगर्ठन तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

तिनाउ गाउपालिका अध्यक्ष ओम बहादुर घर्तीले शनिबार मन्दिर परिसरमा कार्यक्रमको उद्घाटन गर्दै धार्मिक पर्यटनको गन्त्ब्यका रुपमा सिद्धबाबा धाम विकास भैरहेको बताए ।

सिद्धबाबा मन्दिर विकास समितिले स्थापना गरेको धार्मिक पर्यटन पुरस्कारबाट यसवर्ष कान्तिपुर टिभी तथा बुटवलटुडेका पत्रकार स्वस्तिक श्रेष्ठलाई पुुरस्कृत गरेको छ ।

मन्दिरको वार्षिक साधारण सभा कार्यक्रमको अवसरमा शनिबार आयोजित कार्यक्रममा तिनाउ गाउपालिका अध्यक्ष ओम बहादुर घर्ती, मन्दिरको अध्यक्ष दल बहादुर गुरुङ, लेखक जंग बहादुर थापा, ईतिहासविद लेखक निर्मल श्रेष्ठ, सिद्धबाबा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष लकुश श्रेष्ठ, मन्दिरका सचिव अमर प्रधानले श्रेष्ठलाई नगदसहित दोसल्ला, कदरपत्रबाट सम्मान गरेका हुन ।

पत्रकारीताको क्षेत्रबाट सिद्धबाबा धामको विकासमा योगदान दिएको भन्दै श्रेष्ठलाई सम्मान गरेको हो । यसअघि मन्दिरबाट मनिष पन्त, विश्वास ढकाललाई समेत सम्मान गरेको थियो । यसैगरि मन्दिर ब्यवस्थापन समितिको विभिन्न पदमा रहेर लामो समय योगदान दिएका कुलानन्द पाण्डेलाई समेत सम्मान गरिएको छ । यसैगरि हाम्रो आस्था र धार्मिक पर्यटकिय केन्द्र सिद्धबाबा नामक पुस्तकको विशेषाक समेत सामुहिक रुपमा सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा पशुपति विकास कोषका सदस्य घनश्याम कोईरालाले धर्मसंस्कृतिको महत्वबारे प्रकाश पार्दै समाज संचालन गर्न यसबाट सहयोग मिल्ने बताए । प्रकृतिबाट नै शिक्षित र दिक्षित भएर गरिने एउटा अध्ययन बेदबाट मानव सामाजिक बन्न सकेको बताए ।

कार्यक्रममा सिद्धबाबा धामको प्रगतिविवरण पेश गर्दै धामका अध्यक्ष दल बहादुर गुरुङले समितिबाट ३ वर्षको अवधिमा विविध रचनात्मक, प्रचारात्मक र भौतिक विकासका कामहरु गरेको बताए ।

मन्दिर ब्यवस्थापनमा मुख्य चुनौतीका रुपमा बादरको समस्या, परेवाको सुरक्षा र बच्चा वृद्धिमा समस्या, भौतिक सुरक्षाको अभाव, सडक विस्तार हुदा भौतिक पूर्वाधारमा समस्या, पार्किङ स्थलको अभाव, विवाहभोज गर्ने स्थल कदमबासमा ब्यवस्थापन पुरा गर्न पहल, मन्दिर आउने पर्यटकलाई धेरै बेर टिकाउने देखिएको उनले बताए ।

सिद्धबाबा र रामापिथेकसलाई जोड्न झोलुङे पुल बनाउन पहल र फुट ट्रेल पूरा गर्ने, बनबाटिका बनाउने, धार्मिक संगोष्ठी गर्ने, भतृहरिको जिवनगाथा तयार गर्ने कामलाई प्राथमिकतामा राखेर अघि बढेको उनले बताए । मन्दिरमा चढाईएको सबैभन्दा पुरानो घण्टा यसवर्ष शिवरात्री पर्वमा सार्वजनिक गर्ने तयारी गरेको उनले बताए ।

कार्यक्रममा लेखक जंग बहादुर थापा, ईतिहासविद लेखक निर्मल श्रेष्ठ, सिद्धबाबा मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष लकुश श्रेष्ठ, मन्दिरका सचिव अमर प्रधानले सबैको साथ र सहयोगमा मन्दिरको विकास भैरहेको बताए ।

मन्दिर ब्यवस्थापन समितिका कोषाध्यक्ष प्रेम प्रसाद पाण्डेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सामाजिक लेखापरीक्षण गराएर अडिट गर्दा आर्थिक पारदर्शिता आएको उनले बताए । मन्दिरमा भारतीय पर्यटकहरु बढ्दो छ तर उनिहरुलाई भुलाउने वातावरण सृजना तर्फ ध्यान दिन जरुरी रहेको उनले बताए ।

प्रकाशित मिति : शनिबार, माघ १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij