वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

काठमाण्डौ – वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको ७२ वर्षकाे उमेरमा निधन भएको छ ।

मुटुसम्बन्धी समस्याबाट पीडित शर्माको उपचारको क्रममा बुधबार बिहान ११ बजे मनमोहन अस्पतालमा निधन भएको हो । २४ वर्ष अगाडि उहाँको ओपन हार्ट सर्जरी गरिएको थियो ।

मुटुमा सङ्क्रमण देखिएपछि उहाँलाई गङ्गालाल अस्पतालमा भर्ना गरिएको थियो । पाँच दिन गङ्गालालमा उपचार गरी उहाँलाई मङ्गलबार राति ८ बजेमात्र मनमोहन अस्पतालमा भर्ना गरिएको थियो ।

मनमोहन अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उहाँको निधन भएको हो ।

२००४ सालमा इलाममा जन्मिनु भएका शर्मा लामो समयसम्म नेपाल टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो । गाेरखापत्रबाट पत्रकारिता सुरु गर्नुभएका शर्मा रेडियाे नेपालकाे समाचारवाचक हुँदै नेपाल टेलिभिजनकाे महाप्रबन्धक हुनुहुन्थ्याे ।

शर्माले नेपाल प्रेस इन्स्टिच्युटले प्रकाशन गरेकाे ‘प्रसारण पत्रकारिता हाते किताब’ काे सम्पादन पनि गर्नुभएकाे छ ।

प्रकाशित मिति : बुधबार, माघ २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij