JanataToday.com

Advertisment

SKIP THIS

१३ करोड बढीको कारोबार गर्दै तिलोत्तमाको मेला सकियो

१३ करोड बढीको कारोबार गर्दै तिलोत्तमाको मेला सकियो

 

बुटवल — रुपन्देहीको मणिग्राममा संचालित दोस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन प्रबद्र्धन महोत्सव सकिएको छ । तिलोत्तमा उद्योग बाणिज्य संघको आयोजनामा भएको मेलामा ३ लाख ५० हजार दर्शकले अवलोकन गरेको र १३ करोड ५० लाख बढीको कारोवार भएको संघले जनाएको छ ।

मेलाको आज एक कार्यक्रमका बिच समापन गरीयो । समापन समारोहमा बोल्ने वक्ताहरुले नीजि क्षेत्रको सहकार्य बिना सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल हुन नसक्ने बताए । तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले मेला महोत्सव सञ्चालन गर्नएकालागि अर्को वर्षसम्म जग्गा व्यबस्थापन गर्ने आश्वासन दिनु भयो । नीजि क्षेत्रलाई उत्साहित बनाएर लगानीमैत्री वातावरण बनाउन स्थानीय सरकार तयार रहेको भन्दै मेयर घिमिरेले नगरपालिका भित्र ढुक्क भएर लगानी गर्न आग्रह गर्नु भयो । नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनले नीजि क्षेत्रको आकर्षण बढेको बताउँदै वडा नं. १० मा लघु तथा साना उद्योगलाई लक्षित गरेर औद्योगिक ग्रामको डिपिआर तयारी हुँदै गरेको जानकारी पनि उहाँले दिनुभयो । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँचका अध्यक्ष गुणनिधी तिवारीले केन्द्रदेखि स्थानीय तह सम्म बहुमतको सरकार बनेको २ वर्ष बितिसक्दा पनि लगानीको वातावरण बन्न नसकेको बताउनु भयो । नीजि क्षेत्रसंगको सहकार्य बिना कुनैपनि सरकारले लिएका लक्ष्य हासिल गर्न नसक्ने उल्लेख गर्दै उनले सहकार्यका लागि तीनै तहका सरकारलाई आग्रह गर्नुभयो।

तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष तथा मेला मुल आयोजक समितिका संयोजक गुणनिधी भण्डारी (माधव)ले औद्योगिक व्यापार मेला संगै आगामी दिनमा उपभोक्ताको हितलाई मध्येनगर गरेर दशैंमा सस्तो बजार सञ्चालन गर्ने र तिलोत्तमामा २५ विगाहा जग्गा लिजमा लिएर अर्गानिक खेति गर्ने लक्ष्य लिएको जानकारी गराउनु भयो । कार्यक्रममा काँग्रेसका महासमिति सदस्य यमबहादुर खत्री, सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसियशनका अध्यक्ष प्रेम न्यौपाने, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल, तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, केशव न्यौपाने,व्यासमुनी चौधरी, संघका सल्लाहकार चन्द्रमान श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र कार्की, महासविच कमल कंडेल लगायतले बोल्दै सरकार र नीजि क्षेत्रको सहकार्यमा औधोगिक र व्यवसायीक विकास गर्नु पर्नेमा जोड दिएका थिए ।

मेलामा सहभागि स्टलमध्येबाट उद्योग तर्फ एजी हेल्थ ईण्डष्ट्रिज प्राली तिलोत्तमा प्रथम, यशोदा फूड प्रालि द्वितीय, ड्रिमवेयर ईण्डष्ट्रिज प्रालि बुटवल तृतीय र युनिक सेनेटरी प्याड तिलोत्तमालाई सान्त्वना भए । कृषि तर्फ मण्डल मत्स्य ह्याचरी फर्म तिलोत्तमा प्रथम, गुप्ता नर्सरी शंकरनगर द्वितीय, सियारी मौरी पालक कृषक समुह तृतीय र फर्साटिक केरा व्यबसायीलाई सान्त्वना पुरस्कार प्रदान गरियो।

मेलामा होटल तर्फ मटका कफि एण्ड फास्टफूड प्रथम, व्लाक स्टोन रेष्टुरेन्ट द्वितीय, स्वर्मा हाउस एण्ड रेष्टुरेन्ट तृतीय र पिआर रेष्टुरेन्ट सान्त्वना भए । भने व्यापार तर्फ कनौजे फर्निचर एण्ड फर्निसिंङ् प्रथम, आरके ट्रेडर्स काठमाण्डौ द्वितीय, न्यू रक्षा एण्ड सपना स्टोर्स तृतीय र सुनिल कपडा स्टोरलाई सान्त्वना पुरस्कार प्रदान गरिएको मुल्यांकन समितिका संयोजक चन्द्रमान श्रेष्ठले बताउनु भयो ।

 

प्रकाशित मिति : बुधबार, माघ २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij