कावासोती ।
नवलपुर प्रहरीलेआज लागुऔषध सहित ६ जनालाई नियन्त्रणमा लिएका छन् ।पूर्वी नवलपरासीको देवचुली नगरपालिका १५ धौलागिरी चोकमा प्रहरीको चेकिङ टोलीले सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले लागु औषध सहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका ३ बस्ने २० बर्षीय सुमित सिल्पकार, १९ बर्षीय अमन शाही र सोही ठाउँका ३४ बर्षीय अनिल भन्ने हिराबहादुर घले रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले २ एमएलका दरका लागुऔषध नुफिन ७६ एम्पुल, फेनारागन ७६ एम्पुल, डाइजापाम ७६ एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका गणेशबहादुर नराल क्षेत्रीले बताउनुभयो ।
त्यसैगरी धौलागिरी चोकमै चेकजाँचको क्रममा गोर्खा जिल्लाको पालुङटार बस्ने २५ बर्षीय दीपक गैरे, तनहुको ब्यास नगरपालिका १० बस्ने दमौलीका २० बर्षीय रितेश सिलवाललाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ ।
उनीहरुको साथबाट प्रहरीले २ एमएलका दरका लागुऔषध नुफिन १७२ एम्पुल, फेनारागन १७२ एम्पुल, डाइजापाम १७२ एम्पुल बरामद गरेको क्षेत्रीले बताउनुभयो ।
त्यसैगरी कावासोती १६ डण्डाबाट प्रहरीले मध्यविन्दु नगरपालिका ७ बस्ने १९ बर्षीय अनुष थापालाई ४ सय २८ ग्राम गाँजा सहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका सबैलाई आज नै जिल्ला अदालत नवलपुरबाट म्याद थप गरि कारवाहीका लागि अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक क्षेत्रीले बताउनभयो ।
प्रकाशित मिति : बुधबार, माघ २२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्