लिटिल प्याराडाईज शुन्य पोलिथिनमुक्त विद्यालय घोषणा

लिटिल प्याराडाईज शुन्य पोलिथिनमुक्त विद्यालय घोषणा

तिलोत्तमा –रूपन्देहीको तिलोत्तमा ७, भलवारीमा अवस्थित लिटिल प्याराडाईज ईंग्लिश मिडियम स्कूलले आफ्नो विद्यालयलाई शुन्य पोलिथिनमुक्त विद्यालय घोषणा गरेको छ । विद्यालयको रजत जयन्तीको अवसर पारेर “जुटौं सारा गाउँ शहर, शून्य पोलिथिन तिलोत्तमा नगर” भन्ने उदेश्यका साथ तिलोत्तमा नगरपालिकाले शुरू गरेको शून्य पोलिथिन अभियान अन्तर्गत लिटिल प्याराडाईज ईंग्लिश मिडियम स्कूललाई शुन्य पोलिथिनमुक्त विद्यालय घोषणा गरिएको हो ।

आज विद्यालय प्रागंणमा आयोजित एक विषेश समारोहका विच प्रमुख अतिथि तिलोत्तमा वडा न. ७ का वडाध्यक्ष दुर्गा प्रसाद पाण्डे, तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री,माया देवी टोल विकास संस्थाका अध्यक्ष हेम राज पौडेल,होम नाथ सुबेदी ,कृष्ण पुन, ठाकुर प्रसाद पंगेनी ,टोल विकास समितिका अध्यक्ष तथा सदस्य, बिद्यार्थी अविभावकहरुको उपस्थितिमा शुन्य पोलिथिनमुक्त तिलोत्तमाका अभियन्ता निपेश ढाकाले विद्यालयलाई शुन्य पोलिथिन क्षेत्र घोषणा गर्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा वडा न ७ का वडा अध्यक्ष दुर्गा प्रसाद पाण्डेले, सिम नेपालले शून्य पोलिथिनको अभियानलाई सहकार्य गरेकोमा धन्यवाद दिदैं ब्यस्थापन समिती, शिक्षक, विद्यार्थीहरुलाई शुन्य पोलिथिनको अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो ।

साथै उहाले प्लाष्टीकमुक्त नगर बनाउन अब नगरभित्रका विद्यालयहरूले समेत महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

बिशिष्ट अतिथि तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले विद्यालयले रजत जयन्तिको अवसरमा महत्वपुर्ण कार्य गरेकोमा प्रशंशा गर्दै समयसापेक्ष शिक्षामा जोड दिन विद्यालयलाई आग्रह गर्नुभयो । उहांले पोलिथिनजन्य बस्तुको प्रयोगलाई निरुत्साहित गर्न सके र यस विषयमा आम नागरिकलाई सुसुचित गर्न सकेमा हरियाली नगर बन्न सक्ने बताउदै पहिलो चरणमा नगरपालिकाले प्लाष्टिकका झोला, प्लेट र चम्चाको प्रयोगमा रोकथाम र ब्यबस्थापन गर्ने अभियान संचालन गरिएको बताउनुभयो ।

सिम नेपालका संयोजक बाताबरणबिद् निपेष ढाकाले विद्यार्थीहरुलाई घोषणा गर्नु पुर्व सबै विद्यार्थीहरुलाई म प्लाष्टिक प्रयोग गर्दिन, बाटोमा सडकमा जथाभावि प्लाष्टिक फाल्दीन, म प्लाष्टिकको ब्यबस्थापन गर्छु , चेतनाको बिकास भए पछी प्रयोग गर्दिन , प्लाष्टिकजन्य बस्तु जलाउनु सामाजिक अपराध हो जस्ता संकल्प गराउनुभएको थियो ।

तिलोत्तमालाई नमुना नगरपालिका बनाउँदै नगरबासीमा वातावरण सम्बन्धी सचेतना अभिवृद्धिका लागि अभियान सञ्चालन गरिएको अभियान्ता निपेश ढाकाले बताउनुभयो ।

बाताबरणबिद ढाकाले शून्य पोलिथिनको अभियानलाई सफल बनाउन अग्रसर बनेकोमा बिद्यालय परिवार, वडा कार्यालय, टोल बिकास समिती, नगरबासी सबैलाई धन्यवाद दिनुभयो । सोहि अवसरमा पोलिथिनको प्रयोगलाई निरुत्साहित गर्ने लक्ष्यसहित लिटिल प्याराडाईजका ४०० बढी विद्यार्थीहरुले भलवारीको दल्का, जहदा, सुनैनापथ, लोकेटारमा सरसफाइ समेत गरिएको छ।

खुला पोलिथिनमुक्त विद्यालय घोषणा भएसँगै उक्त विद्यालयले अब प्लाष्टिकजन्य फोहोर विद्यालय परिषर सडक, सार्वजनिकस्थल वा अन्य कुनै स्थानमा फ्याँकेको पाइएमा जरिवाना लिने नीति नगरपालिकाले बनाएको छ ।

विद्यालयका अध्यक्ष डोलराज बस्यालको अध्यक्षता एंव प्रधानाध्यापक केएन सागर ज्ञवालीको स्वागत रहेको कार्यक्रमको सन्चालन देवेन्द्र अधिकारीले गर्नुभएको थियो भने कार्यक्रममा समाजसेवी, राजनैतिककर्मी, बुद्धिजिवी र अभिभावक र विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । विद्यालयले आफ्नो रजत जयन्तीको अवसरमा बिविध कार्यक्रम सन्चालन गरिरहेको छ ।

प्रकाशित मिति : बिहिबार, माघ २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij