बुटवल
मानव सेवा आश्रमको भवन निर्माण र अक्षयकोष स्थापनाका लागि बुटवलमा सञ्चालित महायज्ञमा पांचौं दिनसम्म एक करोड रुपैयां बढी रकम संकलन भएको छ । महायज्ञमा पांचौ। दिन करिब १५ लाख रुपैयां बराबर संकलन भएको महायज्ञ आयोजक मूल समिति संयोजक लोकनाथ भुसालले जानकारी दिए । महायज्ञको चौथो दिनसम्म ८७ लाख रुपैयां संकलन भएको थियो । मानवीय सेवाका लागि परोपकारी भावनाले आयोजित महायज्ञ भएकाले दानवीरहरुले खुशी साथ दान गर्ने क्रम बढेको संयोजक भुसाल बताउंछन् । महायज्ञमा भिक्षा मागेर जिविकोपार्जन गर्दै आएका एक बृद्धले आफूले संकलन गरेको ११ हजार रुपैयां पनि मानव सेवा आश्रमको महायज्ञमा दान दिएका छन् । उनको यो दानबाट महायज्ञमा उपस्थित धेरैजना प्रभावित भएका महायज्ञका सचिव कृष्ण पंगेनीले बताए । माघ २० गते उद्घाटन भएपनि दान संकलन २१ गतेबाट शुरु भएको हो । महायज्ञबाट ११ करोड रुपैयां संकलन गर्ने लक्ष्य छ ।महायज्ञका कथावाचक भागवत भाष्कर कमलनयन गौतमले संगीतमय कथावाचन गरेका छन्
भने कलाकारहरुले विभिन्न धार्मिक झांकी, गीत,नृत्य र नाटक प्रस्तुत गरेका छन् । प्रदेश ५ लाई सडक मानवमुक्त बनाई दुईसय जना बेसहारा र असहाय व्यक्तिलाई राखेर पालनपोषण गर्ने उद्देश्यले आयोजित महायज्ञमा लक्ष्य अनुसार आर्थिक संकलन हुनेमा आफूहरु विश्वस्त रहेको महासचिव माधव नेपालले बताए । बुटवल सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केटको उत्तरतर्फ खुला चौरमा माघको २७ गतेसम्म सञ्चालन गरिने महायज्ञमा मानव सेवा आश्रमका सद्भावना दुत मह जोडी ९मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य०, हास्य कलाकार मनोज गजुरेल सहित सामाजिक अभियान्ताहरु, राजनीतिज्ञ एर्व धार्मिक सम्प्रदायका धर्मगुरुहरु समेत सहभागि हुने महायज्ञ मूल समितिका सचिव गुनाराम घिमरले बताए । बेसहारा र सहयोगापेक्षी सडक मानवलाई व्यवस्थापन गर्न चार तले भवन बनाउन बुटवलको हिलपार्क परिसरमा जग्गाको व्यवस्थापन भइसकेको छ । भवन बनाउन प्रदेश सरकारले २५ लाख वजेट विनियोजन गरेको र बांकी रकम जुटाउन महायज्ञ गरिएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए ।
प्रकाशित मिति : शुक्रबार, माघ २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्