बुटवल
अनेरास्ववीयू बुटबल बहुमुखी क्याम्पस कमिटिले अगुवा कार्यकता प्रशिक्षण सम्पन्न गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियु बुटबल, बुटवल बहुमुखी क्याम्पस कमिटीद्धारा अगुवा कार्यकता तथा प्रशिक्षण कार्यक्रम बुटबल क्याम्पसमा सम्पन्न भएको हो ।
अगुवा भेलालाइ सम्वोधन गर्दै नेकपा जिल्ला नेता तथा बुटबल बहुमुखी क्याम्पसका पूर्व स्ववीयू सभापति तेजेन्द्र के।सिले बैज्ञानिक र व्याबहारिक शिक्षा अहिले आबश्यकता रहेको बताए । बुटबल बहुमुखी क्याम्पसलाई शैक्षिक बिकास संगै भौतिक सुधारको निम्ती अनेरास्ववीयू बिगत देखि नै महत्वपूर्ण खेल्दै आएको बताए । त्रिविले स्वतन्त्र विद्यार्थी यूनियनको चुनाबको मिति घोषण गरे लगतै अनेरास्ववीयू चुनावलड्नको निम्ती तयार रहेको बताए ।
यो फागुन १४ गतेको चुनाव जसरी भए पनि गरायर बिद्यार्थीहरुको शैक्षिक मुद्धामा लडने बताए । नेपाल बिद्यार्थी संघले अनेक बाहाना चुनाब नचाहेको भन्दै चुनाब लड्न र बिद्यार्थीको शैक्षिक मुद्धामा लड्नको निम्ती नेबिसंघलाइ आग्रह गर्नु भयो । १४ गते हुन लागेको चुनाब जित्नको निम्ती बिद्यार्थीहरुलाइ तयारी रहन आग्रह गर्नुभयो । अनेरास्ववीयू कहिले दोस्रो नहुने संगठन भएको हुनाले यसपालिको चुनावमा भारी मतका साथ बिजय वनाउन बिद्यार्थी नेता तथा बिद्यार्थीहरुलाइ आग्रह गर्नु भयो ।
कार्यक्रममा अनेरास्वीयूका केन्द्रीय सदस्य सरोज पोखरेल अनेरास्ववीयूका केन्द्रीय सदस्य अनुप पोखरेल अनेरास्ववीयू जिल्ला संयोजक लेखनाथ खनाल , सह् संयोजक बिष्णु खत्री , अनेरास्वीयू जिल्ला सदस्य शेषकान्त पोखरेल , जिल्ला सदस्य नविन थापा सारु , लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम अनेरास्वीयू बुटबल क्याम्पस कमिटी अध्यक्ष भरत अर्यालको अध्यक्षयता उपाध्यक्ष सन्तोष अर्यालको स्वागत तथा अखिल क्रन्तिकारी बुटबल क्याम्पसका अध्यक्ष टेकराज रेग्मीको सन्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, माघ २४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्