रुपन्देहीमा दुई जना प्रहरी ५ हजार घुस सहित पक्राउ

रुपन्देहीमा दुई जना प्रहरी ५ हजार घुस सहित पक्राउ

बुटवल ।
रुपन्देहीमा दुई जना प्रहरी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित दुई जना प्रहरीलाई आज पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रामनगर ट्राफिक बीटमा कार्यरत असई सूर्यबहादुर अधिकारी र देवदह खैरेनी पोष्टमा कार्यरत प्रहरी जवान छवीलाल पोखरेल रहेका छन् ।
अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालका अनुसार टिपर सञ्चालनमा सहज बनाइदिने भन्दै ५ हजार घुस लिँदै गरेको अवस्थामा अधिकारीले पक्राउ परेका हुन् ।
प्रहरी जवान पोखरेललाई ३ हजार घुससहित पक्राउ गरिएको भुसालले बताए । दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए

प्रकाशित मिति : शुक्रबार, माघ २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij