कांग्रेसकाे अवराेधपछि संसद बैठक २८ गतेसम्मका लागि स्थगित

कांग्रेसकाे अवराेधपछि संसद बैठक २८ गतेसम्मका लागि स्थगित

काठमाडौ ।
आइतबारको संसद बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेपछि माघ २८ गतेसम्मका लागि स्थगित गरिएको छ।

ललिता निवास जग्गा प्रकरणमा विजय गच्छदारलाई मुद्दा हालेको तर नेकपा नेताहरुलाई भने अख्तियारले उन्मुक्ति दिएको भन्दै कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ।

कांग्रेसले संसद बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटाले संसदलाई प्रभावकारी बनाउन सबैको दायित्व भएको बताए। उनले भने, ‘आजसमेत गरेर तीन दिन बैठक अवरोध भइसकेको छ। संसदलाई प्रभावकारी बनाउने हामी सबैको दायित्व हो।’

सभामुख सापकोटाले अदालतमा विचाराधिन विषयमा छलफल गर्न नमिल्ने बताए। ‘धारा १०५ ले अदालतमा विचाराधिन विषयमा छलफल गर्न पाइँदैन। यहाँबाट निकास निस्कन सक्दैन’, सभामुख सापकोटाले भने, ‘संवैधानिक निकायले गरेको निर्णयलाई यहाँबाट सच्याउन सकिँदैन।’

कांग्रेस नेताहरुले संसदमा बोल्न खोज्दा सभामुखले माइक उपलव्ध गराएनन्। कांग्रेस नेता दिलेन्द्र बडुले बोलेपनि सभामुखले ‘तपाईले आफ्नो विचार राखिसक्नु भयो’ भन्दै माइक दिन अस्वीकार गरेका थिए।

प्रकाशित मिति : आइतबार, माघ २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij