मोतीपुर -कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले विकास निर्माणका काममा संख्यात्मक भन्दा पनि गुणात्मक विकासको परिपाटी शुरूवात गर्नुपर्नेमा जोड दिनुभएको छ । बुटवल उपमहानगरपालीका १७ को सिचाइ डिपट्युवेलको शिलन्यास कार्यक्रमलाई संम्बोधन गर्दै मन्त्री भुसालले कृषि क्षेत्रलाई बलियो बनाउदाँ आर्थिक उपार्जन र कृर्षि क्रान्तिको शुरूवात हुने र त्यसको शुरूवात स्वयम कृषकले गर्नुपर्नमा जोड दिनुभयो ।
परम्परागत सोच, शैली र व्यवहारमा परिवर्तन नगरी कृषि क्षेत्रमा आमूल परिबर्तन असम्भव रहेको बताउदै मन्त्री भूषालले अबको कृर्षि जिवीकोपार्जन भन्दा पनि रोजगारमुखि हुनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरीले, बेलबास बेथरी सडकखण्ड चालु आर्थिक बर्षमा सम्पन्न गर्ने गरि काम अगाडि बढेको जानकारी दिदै समयमै निर्माण कार्य सम्पन्न गर्न स्थानिय स्तर बाट पनि सहज वातावरण सृजना गर्न आग्रह गर्नुभयो ।
बुटवल उपमहानगरपालीका १७ को सिचाइ डिपट्युवेलको निर्माण लागत कुल एक करोडको हुने जानकारी दिदै वहाँले डिपट्युवेलको काम सम्पन्न भएपछि बुटवल उपमहानगरपालीका वडा न १७ र १८ को करिव ८० देखि ९० हेक्टर जमिनमा सिचाइ जानकारी दिनुभयो । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रबक्ता राम प्रसाद रेग्मी, बुटवल -१७का वडाध्यक्ष सन्त बहादुर राना, बुटवल -१८ का वडा अध्यक्ष हुमनाथ आचार्य, कृषि यान्त्रिकरण प्रबर्ध्दन केन्द्र नक्टा झिज धनुषाका वरिष्ट कृषि इन्जिनियर रत्न कुमार, कृषि इन्जिनियर महेन्द्र यादव, बुटवल १७का वडा सदस्य गोपिकृष्ण पाण्डे, बुटवल -१८ का वडा सदस्यहरु सुमित्रा गाहा, कन्हैया प्रसाद थारु, गोपाल नेपाल, ने. क.पा. जिल्ला सदस्य नेत्र बहादुर कार्की, ने.क.पा.बुटवल उपमहानगर कमिटी सदस्य गुरु प्रसाद पंगेनी, जनक गौतम लगायतको आथित्यता रहेको थियो । कार्यक्रम डिप ट्युवेल जल प्रवर्दन समिती बुटवल १७ का अध्यक्ष खेमराज ढकालको अध्यक्षता. डिप ट्युवेल जल प्रवर्दन समिती बुटवल १७ का उपाध्यक्ष आशिष थारुको स्वागत तथा नारायणी गाहाको सन्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : आइतबार, माघ २६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्