काठमाडौं ।
नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।
नेपाल महिला संघले सोमबार माइतीघर मण्डलामा आयोजना गरेको विरोध सभामा बोल्ने भ्रातृ संगठनका नेताहरुले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धानको पछिल्लो कदमको विरोधमा आयोजित विरोध सभामा उनीहरुले पूर्वमुख्यसचिव लीलामणी पौडेललाई पनि अख्तियारले छानबिन गर्नुपर्ने माग गरे । मन्त्रिपरिषद्ले गरेको निर्णयमा प्रधानमन्त्री र मुख्यसचिवलाई उन्मुक्ति दिएर मन्त्री र सचिवलाई मात्रै दोषी देख्नु आपत्तिजनक भएको उनीहरुको भनाइ थियो ।
“मन्त्रिपरिषद्को निर्णय गलत हो भने पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, बाबुराम भट्टराई, मुख्यसचिव लीलामणी पौडेललाई पनि कारबाहीको दायरामा ल्याउनु प¥यो,” नेपाल महिला सघकी अध्यक्षसमेत रहेकी कांग्रेस सांसद उमा रेग्मीले भनिन्, “होइन भने विभेद गर्न पाइँदैन । एउटै निर्णयमा कसैलाई काखा, कसैलाई पाखा कांग्रेसलाई सैह्य हुँदैन ।”
विरोध सभालाई सम्बोधन गर्दै नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले पनि आफूहरु उपसभापति विजयकुमार गच्छदारको बचाउका लागि नआएको दोहो¥याउँदै अख्तियारको विभेदको विरोध गर्न आएको बताए । उनले पनि ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का नेताहरुलाई पनि कारबाहीको दायरामा ल्याउन माग गरे ।
नेपाल विद्यार्थी संघकी महामन्त्री उर्मिला थपिलिया, नेपाल मुस्लिम संघका महासचिव मोख्तार अहमद्, नेपाल दलित संघका कार्यवाहक अध्यक्ष शम्भु हजारा पासवान, राष्ट्रिय मगर संघकी उपाध्यक्ष कुसुम थापाले पनि अख्तियारले पूर्वाग्रह राखेर छानबिन गरेको भन्दै आपत्ति जनाए ।
गत बुधबार अख्तियारले पार्टी उपसभापति गच्छदारसहित एक सय १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि कांग्रेसले शुक्रबारबाट आप्mना भ्रातृ संगठनहरुलाई सडक आन्दोलनमा परिचालन गरेको छ । शुक्रबारको आन्दोलनको संयोजन नेविसंघले, आइतबारको आन्दोलनको संयोजन तरुण दलले र सोमबारको आन्दोलनको संयोजन महिला संघले गरेको थियो ।
प्रकाशित मिति : सोमबार, माघ २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्