काठमाडौं ।
बालुवाटारस्थित ललिता निवासको जग्गा धितोमा राखेर भएको कर्जा प्रवाहको सम्बन्धमा नेपाल राष्ट्र बैंक र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबीच तथ्याँक बाझिएको छ । नेपाल राष्ट्र बैंकले २ अर्ब ४१ करोड रुपैंया कर्जा प्रवाह गरेको तथ्याँक सार्वजनिक गरे पनि नेपाल राष्ट्र बैंकले भने त्यसको करिब आधाभन्दा पनि कम रकममात्रै त्यसरी प्रवाह भएको बताएको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट प्राप्त गरेको तथ्याँकमा सो जग्गाको धितोमा जम्मा १ अर्ब १० करोड रुपैंयाँ मात्रै कर्जा प्रवाह भएको जनाएको छ । राष्ट्र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्रीले १२ ओटा बैंकबाट सो रकम बराबरको कर्जा प्रवाह गरेको पाइएको जानकारी दिए ।
सरकारी जग्गाको जफतका निम्ति मुद्दा चलाउने निर्णयसँगै अख्तियारले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट २ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको भन्दै त्यसरी कर्जा प्रवाह गर्ने बैंकहरुलाई कारबाहीका लागि लेखी पठाउने निर्णय गरेको थियो अख्तियारको सो निर्णयसँगै राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई पत्र पठाएको थियो । सबै बैंकहरुले सोमबारसम्म राष्ट्र बैंकको पत्रको उत्तर पठाएका थिए । बैंकहरुबाट विवरण प्राप्त भएपनि अब उनीहरुमाथि कस्तो कारबाही गर्ने भन्ने निर्णय हुन बाँकी रहेको समेत क्षेत्रीले बताए । ‘अहिलेसम्म निर्णय भएको छैन, तर अब उनीहरुलाई सो कर्जाको रकमलाई खाम्ने असल धितो राख्न भनिन्छ, त्यसो हुन नसके प्रोभिजनिङ गराउने नै हो’ क्षेत्रीले रातोपाटीसँग भने । तर कुन बैंकबाट कति रकम प्रवाह भएको छ भन्ने सार्वजनिक गर्न नमिल्ने उनले बताए ।
अख्तियारले दिएको विवरणअनुसार नै कर्जा प्रवाह भएको भए पनि केही ऋणीहरुले ऋण तिरिसकेको पाइएको राष्ट्र बैंकले जनाएको छ । यो प्रकरणमा अख्तियारले जम्मा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ जसमध्ये ६५ जनालाई जग्गा जफत गर्ने प्रयोजनका लागि मुद्दा चलाइएको छ
प्रकाशित मिति : सोमबार, माघ २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्