कांग्रेसले आज सदन अवरुद्ध नगर्ने

कांग्रेसले आज सदन अवरुद्ध नगर्ने

काठमाडौँ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसको सोमबार बसेको केन्द्रीय समिति बैठकले ललिता निवास प्रकरणमा अख्तियारले सरकारको दबाब र प्रभावमा मुद्दा दायर गरेको निष्कर्ष निकालेको छ। कांग्रेसले लगातार केही दिनदेखि अवरुद्ध संसद बैठक मंगलबारदेखि खोल्ने सहमति पनि गरेको छ।

केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार कांग्रेसले अवरुद्ध संसद भोलि मंगलबारदेखि खोल्ने सहमति गरेको हो।

केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा अख्तियारले ललिता निवास प्रकरणमा अभियुक्त बनाएका नेता विजय गच्छदारले उक्त प्रकरणमा आफूले तत्कालीन प्रधानमन्त्रीको मास्टरप्लानअनुसार काम गरेको बताए। करिब पौने दुई घन्टासम्म बोलेका उनले प्रधानमन्त्री निवास विस्तार गर्ने मास्टर प्लानअनुसार आफूले मन्त्रिपरिषद्‌मा प्रस्ताव लगेको र अहिले आफूलाई बद्‌नियत राखेर फसाउन खोजेको बताए।

यद्यपि कांग्रेसका अर्का नेता गगन थापाले भने पार्टीले गच्छदारलाई किन मुद्दा लगाइयो भन्दा पनि अख्तियारको निष्पक्षतामा प्रश्न गर्नुपर्ने बताए। ‘हामीले विजय गच्छदारलाई किन मुद्दा लगाए भन्दा पनि अख्तियारको निष्पक्षतामाथि प्रश्न गर्नुपर्छ। विजय दाइ, अख्तियारबाट सफाइ पाएर आउनुस्, हाम्रो शुभकामना छ।’

कांग्रेसका भातृसंगठनहरुले सडकमा अख्तियारले सत्तारुढ नेकपाका नेतालाई चोख्याउने गरी पक्षपाती रुपमा मुद्दा चलाएको भन्दै विरोध प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति : मंगलबार, माघ २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij