विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे १० प्रतिशत रकम फिर्ता हुने व्यवस्था कार्यान्वयन हुँदै

विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे १० प्रतिशत रकम फिर्ता हुने व्यवस्था कार्यान्वयन हुँदै

काठमाडौं ।
आजदेखि विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे भुक्तानी गरेको १० प्रतिशत रकम फिर्ता हुने व्यवस्था कार्यान्वयन हुँदैछ ।
यसको अर्थ १० हजार रुपैयाँको खरिदमा तिर्नुपर्ने १३ सय रुपैयाँ मूअ करमध्ये १ सय ३० रुपैयाँ भुक्तानीकर्ताको बैंक खातामा फिर्ता हुने भएको हो ।
आन्तरिक राजस्व विभागले यसअघि नै ‘विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिने सम्बन्धी कार्यप्रक्रिया, २०७६’ जारी गरिसकको छ ।
आन्तरिक राजस्व विभागका अनुसार मंगलबारदेखि विद्युतीय माध्यमबाट भुक्तानी गर्दा भ्याट रकमको १० प्रतिशत बैंक खातामार्फत् फिर्ता हुनेछ । प्रणालीको उद्घाटन अथृमन्त्री डा. युवराज खतिवडाले गर्दैछन् ।
यसका लागि प्रणालीमा जोडिएका कम्पनीमार्फत् मात्रै कारोबार गरेको हुनुपर्छ । उपभोक्ताले कर रकमको १० प्रतिशत फिर्ता पाउने व्यवस्था कार्यप्रक्रियामा छ ।
आन्तरिक राजस्व विभागका उपमहानिर्देशक मुक्ति पाण्डेका अनुसार विद्युतीय बिलिङको अनुमति लिएका कम्पनीमार्फत् भ्याट तिरेमात्र तिरेको रकमको १० प्रतिशत फिर्ता हुन्छ । उनीहरु विद्युतीय भुक्तानी उपकरण सेवाप्रदायकसँग समेत आवद्ध हुनुपर्ने पाण्डेले सुनाए । पाण्डेले भने, “कम्प्युटरबाट बिल जारी गर्ने पसलबाट मात्र यो सुविधा प्राप्त हुन्छ ।”
तर, सो कम्पनी विभागको प्रणालीमा आवद्ध भएको हुनुपर्ने व्यवस्था छ ।
उपभोक्ताले पनि डिजिटल भुक्तानी गरे कर फिर्ता पाउनेछन् । उनले भने, “भ्याट फिर्ता नगद कारोबारमा मान्य हुने छैन ।”
उनका अनुसार कम्पनी र उपभोक्ताले भुक्तानी गर्न प्रयोग गरेको कार्ड एउटै नेटवर्कको हुनुपर्छ ।
उदाहरणका लागि कम्पनीपसलको कार्ड नेटवर्क भिसा छ भने भिसा कार्ड प्रयोगकर्ताले मात्र आफ्नो खातामा भ्याट फिर्ता पाउनेछन् ।
हालसम्म ३ वटा बैंकमात्र यस प्रणालीमा आवद्ध भएको देखिएको उपमहानिर्देशक पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : मंगलबार, माघ २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij