बुटवल
सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ । प्रहरी नायव महानिरीक्षकका रुपमा कार्यरत ज्ञवालीलाई मंगलबार अपरान्ह बसेको मन्त्री परिषदको बैठकले प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो ।
प्रहरी नियमावली परिच्छेद ४ को बढुवा सम्बन्धी व्यवस्थाको दफा ४१ अनुसार ज्ञवालीलाई प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्ति गर्ने निर्णय गरेको प्रवक्ता गोकुल बासकोटाले जानकारी दिनुभयो । ज्ञवाली हाल प्रहरी नायब महानिरीक्षकका रुपमा प्रदेश १ को प्रहरी प्रमुख हुनुहुन्थ्यो
प्रकाशित मिति : मंगलबार, माघ २८ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्